
काठमाडौं ।
नेपाली होम एप्लाइन्सेस ब्रान्ड यसुदाले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ। १५ बर्ष पहिले स्थापना भएको यसुदा ब्रान्ड विगत लामो समयदेखी नेपालको नं १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको छ।
व्यवसायिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वका लागी हामिले प्राथमिकतामा राखेर पन्ध्रौं बर्ष प्रवेश गरेको उपलक्ष्यमा बन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेको जानकारी दिएको छ।
कम्पनीले आगामी दिनमा अझ बढी सुलभ ,सरल र आधुनिक होम एप्लाइन्सेसका उत्पादनहरु लिएर आउने प्रतिवद्धता व्यक्त गरेको छ।
ब्रान्डले विगत १५ बर्षदेखि घरायसी जिवन सहज बनाउने ४० भन्दा वढी यसुदा का हजारौं उत्पादनहरु बिक्री वितरण गर्दै आएको जनाएको छ।
ब्रान्डको स्थापनादेखि यसुदा क्यालकुलेटर, इमरजेन्सी लाइट, राइसकुकर, वासिङ्ग मेसिन, टेलिभिजन, फ्रिज लगायतका उत्पादन गरिरहेको उल्लेख छ।
प्रकाशित: ११ कार्तिक २०७९, शुक्रबार