
काठमाडौं ।
क्यूआर कोड भुक्तानी प्लेटफर्म स्मार्ट क्यूआर सम्बद्ध ट्विटर एकाउन्ट ह्याक भएको छ।
सूचना प्रविधिको क्षेत्रमा सक्रिय कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले प्रवर्द्धन गर्दै आएको ‘स्मार्टक्यूआर नेपाल’ नामक ट्विटर एकाउन्ट ह्याक भएको हो।
स्मार्ट क्यूआर नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू र भुक्तानी सेवा प्रदायकहरूको लागि क्यूआर कोड भुक्तानी गर्ने प्लेटफर्म हो।
सोही कम्पनीमार्फत स्मार्टक्यूआर नेपाल नाममा संचालन गर्दै आएको ट्विटर एकाउन्ट ह्याक भएको हो।

ह्याकरले करिब ७ घण्टादेखि सो एकाउन्टलाई कब्जामा लिएर बिटक्वाइनको प्रचार गरिरहेको देखिन्छ। कम्पनीले अगस्ट १२ पछि कुनै औपचारिक जानकारी वा पोष्ट राखेको छैन् त्यसैले हेर्दा सामान्य झैं देखिन्छ। तर ह्याकरले बिटक्वाइनको प्रचार र त्यस्ता एकाउन्टलाई ट्वीटमार्फत जवाफ दिईरहेको देखिन्छ।
ह्याकरले तिहारको बिदाको मौका पारेर एकाउन्ट ह्याक गरेको संभावना रहेको छ।

कम्पनीकाअनुसार स्मार्ट क्यूआर पहिलो क्यूआर स्विचिङ प्लेटफर्म हो जसले आइएमई पे, प्रभुपे, क्यूपे र बैंकहरूलाई इन्टरअपरेबल नेटवर्कमा डिजिटल भुक्तानी र मोबाइल भुक्तानीहरू सहज बनाउन जोड्दछ। स्मार्ट क्यूआर नेटवर्क डिजिटल भुक्तानी प्रोसेसरको रूपमा सेटअप गरिएको छ जसले उपभोक्ताहरू, बैंकहरू, वालेट प्रयोगकर्ताहरू र व्यापारीहरूलाई अन्तरक्रियात्मक डिजिटल भुक्तानी इकोसिस्टममा सहज रूपमा जडान गर्दछ।
प्रकाशित: १० कार्तिक २०७९, बिहीबार