ओयो रुम्समा गोप्य क्यामराबाट निजी भिडियो रेकर्ड गर्ने ४ जना अभियुक्त भारतमा पक्राउ

  • Technology Khabar | १० कार्तिक २०७९, बिहीबार
ओयो रुम्समा गोप्य क्यामराबाट निजी भिडियो रेकर्ड गर्ने ४ जना अभियुक्त भारतमा पक्राउ

काठमाडौं ।

छिमेकी देश भारतको उत्तर प्रदेशको नोएडास्थित ओयो रुम्समा क्यामरा लुकाएर जडान गरी ब्ल्याकमेल गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन्। यो गिरोहले ओयोको कोठामा लुकाएर क्यामरा जडान गरी मानिसहरुको गोप्य क्षणको भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको थियो। मानिसहरुलाई ब्ल्याकमेल गर्नका लागि फोन गरिन्थ्यो, र यसका लागि गिरोहले कल सेन्टर पनि बनाएको थियो।

भारतीय मिडिया एनडीटीभीकाअनुसार नोएडा कोतवाली फेज–३ को प्रहरी टोली र अपराध शाखाको टोलीले गरेको संयुक्त अभियानमा यस गिरोहका चार सदस्यलाई पक्राउ गरिएको हो। उनीहरुका चार जनाको नाम विष्णु सिंह, अब्दुल वहाव, पंकज कुमार र अनुराग कुमार सिंह रहेको बताइएको छ। उनीहरुलाई गढी चौखण्डीबाट पक्राउ गरिएको हो।

यी सबै अभियुक्तहरू तीन फरक गिरोहसँग सम्बन्धित रहेको रिपोर्टले देखाएको छ। उनीहरुको काम ओयो रुम्सका कोठाहरूमा लुकाएर क्यामराहरू जडान गर्ने र त्यसमार्फत दम्पतीका निजी क्षणहरू रेकर्ड गर्ने थियो। त्यसपछि ती जोडीलाई कल गरेर ब्ल्याकमेल गर्ने र विरोध गरे भिडियो भाइरल गर्ने वा अन्य धम्की दिने गरेका थिए।

ब्ल्याकमेलिङ बाहेक यी व्यक्तिहरूले सेकेण्ड ह्याण्ड सामग्री बेच्ने प्लेटफर्म ओएलएक्समा ठगी गर्ने र नक्कली आईडी बनाएर पैसा असुल्ने गरेको आरोप छ।

प्रहरीले आफ्नो बयानमा भनेको छ कि गिरोहका सदस्यहरूले पहिले आफ्ना लागि ओयोमा कोठा बुक गर्थे, त्यसपछि त्यहाँ क्यामराहरू लुकाउने गर्थे। यसपछि फेरि सोही होटलको कोठा बुकिङ गरी सोही कोठामा बस्ने र पहिल्यै लगाइएको क्यामरा लिएर जान्थे। त्यसपछि क्यामरा जडान गरेर केही दिनपछि फर्किने बीचमा बस्ने जोडीलाई ब्ल्याकमेल गर्ने गर्दथे।

समाचारकाअनुसार चार जना अभियुक्त मध्ये विष्णु र अब्दुल वहावले होटलमा बसेका जोडीलाई अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको बताइएको छ। सोही क्रममा पंकजले अन्य व्यक्तिको नाममा दर्ता भएको सिम र खाता उपलब्ध गराएर फिरौती असुल्ने गरेको थियो। अभियुक्त पंकज र उनका सहयोगी सौरभ (हाल फरार)ले अवैध कारोबारमा संलग्न व्यक्तिलाई अन्य व्यक्तिको नाममा दर्ता गराउने गरेका थिए।

अनलाइन होटल बुकिङ्ग प्लेटफर्म ओयोको कारोबार नेपालमा पनि उपलब्ध छ भने सयौं होटलहरुको रुमहरु ओयोमार्फत नेपालमा उपलब्ध रहेका छन्।

प्रकाशित: १० कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • १० कार्तिक २०७९, बिहीबार

Toyota global output falls 5.5 pct in November

  • १० कार्तिक २०७९, बिहीबार

China’s high-speed rail network passes 50,000km mark

  • १० कार्तिक २०७९, बिहीबार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • १० कार्तिक २०७९, बिहीबार