निर्वाचन आयोगको कल सेन्टरमा आएका अधिकांश जिज्ञासाहरूको सम्बोधन

  • Technology Khabar | ९ कार्तिक २०७९, बुधबार
निर्वाचन आयोगको कल सेन्टरमा आएका अधिकांश जिज्ञासाहरूको सम्बोधन

काठमाडौं ।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर (११०२) मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन गरिएको छ।

गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ ओटा कल रिसिभ भई एक हजार २५ ओटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ।

सो अवधिमा १७२ ओटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएको आयोगले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार