
काठमाडौं ।
एप्पलले अक्टोबर २४ देखि एप्पल म्युजिक, एप्पल टिभी प्लस र एप्पल वन सब्सक्रिप्शन बन्डलको मूल्य बढाएको घोषणा गरेको छ।
एप्पल म्युजिकको मूल्य व्यक्तिको लागि प्रति महिना १ डलर र परिवारका लागि २ डलर प्रति महिनाले बढ्नेछ। एप्पल टिभी प्लसको सदस्यता २ डलरले बढ्नेछ, जबकि एप्पल वन बन्डल प्रति महिना ३ डलरले बढ्नेछ।
एप्पलले संयुक्त राज्य अमेरिकामा म्युजिक, टिभी प्लस र एप्पल वनको सदस्यता मूल्य बढाएको यो पहिलो पटक हो।
एप्पल म्युजिक सदस्यता मूल्य वृद्धि लाइसेन्स लागतका कारण बढेको एप्पलले बताएको छ। मूल्य निर्धारण स्तर परिवर्तनको परिणाम स्वरूप कलाकार र गीतकारहरूले प्रति स्ट्रिम बढी कमाउने कम्पनीले जनाएको छ। एप्पल टिभी प्लसको सन्दर्भमा, कम्पनीले बढेको मूल्यले मूल टिभी कार्यक्रमहरू र चलचित्रहरूको बढ्दो सूचीलाई प्रतिबिम्बित गर्ने बतायो।
अन्तर्राष्ट्रिय बजारमा पनि तपाईंले समानुपातिक समान मूल्य वृद्धिहरू लागू हुने अपेक्षा पनि गर्नुपर्छ। हालका ग्राहकहरूले उच्च मूल्यमा सेवा नवीकरण हुनुभन्दा ३० दिन अघि योजनाबद्ध मूल्य वृद्धिको सूचना प्राप्त गर्नेछन्।
प्रकाशित: ९ कार्तिक २०७९, बुधबार