प्राविधिक कोमामा गएसँगै स्पेसएक्सलाई १८ हजार डलर जरिवाना !

  • Technology Khabar | ९ कार्तिक २०७९, बुधबार
प्राविधिक कोमामा गएसँगै स्पेसएक्सलाई १८ हजार डलर जरिवाना !

काठमाडौं ।

अन्तरिक्ष मिसनहरू जति रोमाञ्चक देखिन्छन्, तिनीहरू उत्तिकै खतराहरूले भरिएका हुन्छन्। उनीहरूलाई कार्यान्वयन गर्ने टोली मिशन सफल नभएसम्म केहि पनि निश्चित हुँदैन। यस क्रममा धेरै दुर्घटना हुने गरेको छ।

पेशागत सुरक्षा र स्वास्थ्य प्रशासन (ओएसएचए) को एक रिपोर्टअनुसार, रकेट इन्जिन परीक्षण गर्दा एक स्पेसएक्सका प्राविधिकको टाउकोमा चोट लाग्यो र उनी दुई महिनाको लागि कोमामा गए।

स्पेसएक्स विश्वका अर्बपति इलन मस्कको कम्पनी हो। यो वर्ष जनवरी १८ मा, क्यालिफोर्नियामा कम्पनीको कारखानामा एक प्राविधिकले र्याप्टर २ इन्जिनमा वायवीय दबाव (pneumatic pressure) जाँच गर्दै थिए, त्यसैबेला इन्जिनको इन्धन नियन्त्रक बिग्रियो।

स्पेस डटकमले ओएसएचएको रिपोर्टलाई उद्धृत गर्दै भन्यो, “यो दुर्घटनामा प्राविधिकको टाउकोमा फ्र्याक्चर भएको थियो। उनी दुई महिनादेखि कोमामा अस्पताल भर्ना भएका थिए। ओएसएचएले स्पेसएक्सलाई सुरक्षा उल्लंघनको लागि लगभग १८,४७५ डलर जरिवाना पनि लगायो। स्पेसएक्स यस विषयमा अहिलेसम्म मौन छ।

बिजनेस इनसाइडरका अनुसार प्राविधिकको पहिचान लस एन्जलस निवासी फ्रान्सिस्को काबाडाको रूपमा गरिएको छ। काबाडाको परिवारले बनाएको पेज ‘गोफण्डमी’ ले आफ्नो परिवारलाई आर्थिक समस्याबाट गुज्रन नपरोस् भनेर अहिलेसम्म ५० हजार डलरभन्दा बढी संकलन गरिसकेको छ।

कबाडा अब कोमामा नभएको भनिएको छ, तर उनी अझै बोल्न सक्दैनन्। चिकित्सकको सहयोगविना उनी बाँच्न नसक्ने परिवार र वकिलले बताएका छन्। सोही क्रममा ओएसएचएले यस विषयमा जरिवाना लगाएको छ र अनुसन्धान जारी छ।

स्पेसएक्सको र्याप्टर २ इन्जिन यसको नयाँ स्टारशिप रकेट र सुपर हेभी बूस्टरको लागि प्रयोग हुने इन्जिन हो। यो पुन: प्रयोग गर्न सकिने भेहिकल हो।

प्रकाशित: ९ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार