ह्वाट्सएपमा समस्या देखियो, छानबिन गर्दै मेटा

  • Technology Khabar | ८ कार्तिक २०७९, मंगलवार
ह्वाट्सएपमा समस्या देखियो, छानबिन गर्दै मेटा

काठमाडौं ।

मेसेजिङ एप ह्वाट्सएपमा समस्या देखिएको छ। यसका प्रयोगकर्ताहरूले सन्देश पठाउन समस्या देखिएको हो। कतिपयले एप कनेक्ट गर्ननै समस्या भएको बताएका छन्। यसमा एप र वेब दुबैमा समस्या आएको देखिएको छ।

व्हाट्सएपले आउटेज स्वीकार गरेको छ र यसलाई पुनर्स्थापना गर्न काम गरिरहेको बताएको छ। कम्पनीले आउटेज के कारणले भएको भन्ने साझा गरेको छैन।

ह्वाट्सएपको कम्पनी मेटाका प्रवक्ताले टेकक्रन्चसँगको कुराकानीमा भने, ‘हामी​लाई केही प्रयोगकर्ताहरूले ह्वाटस्एपबाट मेसेज गर्न समस्या भइरहेको जानकारी छ र हामी यो समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ। हामी चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ।’

एपको व्यक्तिगत र सामुहिक च्याट दुवैमा समस्या देखिएको छ। डाउन डिटेक्टर वेबसाइटकाअनुसार हजारौँ प्रयोगकर्ताहरुले यो समस्या भोगिरहेका छन्।

प्रकाशित: ८ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार