
काठमाडौं ।
चीनको अग्रणी ब्याट्री उत्पादकहरू मध्ये एक ईभ ईनर्जी (EVE Energy) ले मलेसियाको एउटा परियोजनामा ४२२.३ मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ। यस क्षेत्रमा विद्युतीय दुईपाङ्ग्रे सवारीको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले स्थानीय स्तरमा २१७०० प्रकारको बेलनाकार अर्थात सिलिन्ड्रिकल ब्याट्री उत्पादन गर्ने योजना बनाएको छ।
इभको सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले लगानी योजना स्वीकृत गरेको हो। एक घोषणा अनुसार, ब्याट्री निर्माताले आफ्नो १०० प्रतिशत स्वामित्वको सहायक ईभ ईनर्जी मलेशियामार्फत परियोजना कार्यान्वयन गर्ने डिजी टाइम्सले जनाएको छ।
“परियोजना तीन वर्ष भित्र चरणबद्ध रूपमा सम्पन्न हुनेछ,” इभले भन्यो । र कुल लगानी ४२२.३ मिलियन डलर नाघ्नेछ। कम्पनीले मलेसियामा ‘२१७०० टाइप’ टर्नरी ब्याट्री उत्पादन गर्नेछ जसले विद्युतीय टू-व्हीलर र दक्षिणपूर्वी एशियामा विद्युतीय उद्योग उपकरणहरूको निर्माताहरूलाई समर्थन गर्नेछ।
चाइना अटोमोटिभ ब्याट्री इनोभेसन एलायन्सको तथ्याङ्क अनुसार, ईभ ०.७४ गीगावाट आवरको साथ चीनको सेप्टेम्बर ईभी ब्याट्री स्थापनामा ७ औं स्थानमा थियो। यसले देशको बजार हिस्साको २.४% ओगटेको छ। सूचीको शीर्ष स्थानमा रहेका सिएटिएल र बीवाईडीले गत महिना बजारको लगभग ७० प्रतिशत ओगटेको थियो।
ईभीहरु र ऊर्जा भण्डारण प्रणाली (ईएसएस) बाट ब्याट्रीको माग बढ्दै गएकोले, ईभले यो वर्षको दोस्रो छमहिनामा आफ्नो लगानी बढाएको छ। चीनमा आधारित एसटिसिएनकाअनुसार, यसले हुनानमा दुई लिथियम उत्पादन निर्माताहरूसँग संयुक्त उद्यम स्थापना गर्ने योजना बनाएको कम्पनीले जुलाईमा घोषणा गर्यो। ९०,००० टन वार्षिक लक्ष्य उत्पादनको लिथियम आयोन परियोजनामा ३ अर्ब युआन (४१३.९ मिलियन डलर) लगानी गर्ने तिनीहरुको लक्ष्य छ।
थप रूपमा, रिपोर्टकाअनुसार ईभले इभीहरु र इएसएसहरुका लागि ब्याट्रीहरू बनाउन शेनयाङमा उत्पादन आधार निर्माण गर्ने योजना बनाएको छ। १० अर्ब युआनको परियोजनाले प्रत्येक वर्ष ४० गीगावाट आवरको उत्पादन क्षमता सिर्जना गर्ने अपेक्षा गरिएको छ।
ईभले थप प्लान्टहरू निर्माण गर्नुका साथै ब्याट्री सामग्रीमा आफ्नो लगानी बढाएको बताईएको छ।
प्रकाशित: ८ कार्तिक २०७९, मंगलवार