कल मनिटरिङ्ग सिस्टमका लागि नेपालमा नपाउने र विशेष प्रकारको उपकरणहरु मात्र ल्याईने दूरसञ्चार प्राधिकरणको दाबी

  • Technology Khabar | ७ कार्तिक २०७९, सोमबार
कल मनिटरिङ्ग सिस्टमका लागि नेपालमा नपाउने र विशेष प्रकारको उपकरणहरु मात्र ल्याईने दूरसञ्चार प्राधिकरणको दाबी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेरामोस’ भनेर चिनिने अन्तर्राष्ट्रिय कल निगरानी प्रणाली (इन्टरनेशनल कल मोनिटरिङ्ग सिस्टम/International Call Monitoring System ( Probes, Customized drive test equipment and it’s Accessories) का उपकरणहरु ‘अधिक मूल्यांकन’मा छुटाउन नखोजिएको भन्दै भन्सारबाट छुटाउन प्राधिकरणको नेतृत्वलाई दबाब दिन खोजिएको बताएको छ।

नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले नेपालको दूरसंचार क्षेत्रमा भइरहेको ‘रेभेन्यू असुरेन्स, फ्रड डिटेक्सन तथा क्वालिटी असुरेन्स’ गर्ने उद्धेश्यले अन्तर्रास्ट्रिय प्रतिस्पर्धामार्फत नियमानुसार सो उपकरणहरु खरिद गरेको दाबी गरेको छ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले सो उपकरणहरु अधिक भन्सार मूल्यांकन गरी छुटाउनका लागि प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई बोलाएर नै दबाब दिएको खुलासा भएको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

विवादास्पद ‘टेरामोस’का लागी ल्याईएको उपकरण अधिक मूल्यांकनमा छुटाउन अर्थमन्त्री शर्माको दबाब

शुरुवातदेखि नै विवादित सो प्रणाली राख्न लेबनानको बेरुत स्थित भ्यानराइज सलुसन एसएएल, अफशोर कम्पनीले जिम्मा पाएको छ।

यसका साथै सो बारेमा आएका इन्टरनेशनल कल मनिटरिङ्ग सिस्टम लाइ भन्सारवाट छुटाउन प्राधिकरणको नेतृत्वलाइ दवाव तथा यसको वास्तविकतालाई तोडमोड गर्ने गरी केहि मिडियाहरुमा प्रकाशित तथ्य हिन समाचार प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्ट्याण्डर्ड बिडिङ्ग डकुमेन्टअनुसार नै आशय पत्र माग गरी छनौट भएको संस्थाहरुबाट प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको र सम्मानित सर्वोच्च अदालतको फैसला पश्चात नयाँ प्रविधि अनुसारको प्रस्ताव गरे भन्दा थप सेवा, सफ्टवेयर तथा उपकरणसमेत प्राप्त गरी खरिद गर्ने सम्झौता भ्यानराइज सलुसन एसएएलसंग गरिएको उल्लेख गरेको छ।

“नेपाली बजारमा नपाउने उपकरणहरु तथा यस परियोजनामा मात्र प्रयोग गर्न सक्ने विशेष प्रकारको उपकरणहरु ( V-Probe appliance for voice and SMS Traffic- 109 set , Laptop with Drive Test KIT and Control Panel- 2set and Cell Phone-8 Set) एलजीबी बैंक एसएएल, लेबनान (LGB Bank sal, Lebanon) को नामबाट एलसीमार्फत ल्याउन लागिएको व्यहोरा जानकारी गराईन्छ,” प्राधिकरणको प्रेस विज्ञप्तीमा भनिएको छ, “केहि दिन अगाडी केहि मिडियाहरुमा निहित उद्धेश्यले प्रकाशित तथ्य हिन, कपोल कल्पित र भ्रमित समाचारको खण्डन गर्दछौ।”

प्रकाशित: ७ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...