एकै पटक धेरै व्यक्तिलाई कल गर्न सकिने ह्वाट्सएपको फिचर रोलआउट

  • Technology Khabar | ७ कार्तिक २०७९, सोमबार
एकै पटक धेरै व्यक्तिलाई कल गर्न सकिने ह्वाट्सएपको फिचर रोलआउट

काठमाडौं ।

ह्वाट्सएपले प्रत्येक महिना जस्तो नयाँ कल लिंक फिचर रोलआउट गर्ने गरेको छ।

ह्वाट्सएपको पछिल्लो नयाँ अपडेटले ग्रुप कलिङ फिचरलाई उत्कृष्ट बनाएको इकोनोमिटाइम्सले उल्लेख गरेको छ।

नयाँ कल लिंकबाट अन्य यूजर्सलाई कन्फ्रेन्स कलमा सहभागी गराउनका लागि सेयरबल लिंक क्रिएट गर्न सकिन्छ। यो भनेको कल लिंक भएको व्यक्ति कलमा सहभागी हुन सक्नेछन्। ग्रुपमा नभए प्रयोगकर्ता पनि कलको हिस्सा बन्न सक्नेछन्।

यो लिंक ९० दिनसम्म भ्यालिट रहनेछ।

रिपोर्टका अनुसार यो फिचर सामसङ स्मार्टफोनमा देखिएको छ। छिट्टै नै ह्वाट्सएपले आफ्ना सबै प्रयोगकर्ताका लागि कल लिंक फिचर रोलआउट गर्नेछ।

प्रकाशित: ७ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार