८५ हजार भारुमा ओला एस वान एयर सार्वजनिक, रेञ्ज १०१ किलोमिटर

  • Technology Khabar | ७ कार्तिक २०७९, सोमबार
८५ हजार भारुमा ओला एस वान एयर सार्वजनिक, रेञ्ज १०१ किलोमिटर

काठमाडौं ।

ओला इलेक्ट्रिकले तिहारको अवसरमा शनिबार एस वान अपडेट मोडल एस वान एयर सार्वजनिक गरेको छ। नयाँ एस वान एयरको मूल्य ८४ हजार ९९९ हजार भारु तोकिएको छ। तर २४ अक्टोबरसम्म बुक गर्ने ग्राकहले ७९ हजार ९९९ भारुमा खरिद गर्न सक्नेछन्।

यो मोडल नयाँ फिचरका साथ बजारमा ल्याइएको इकोनोमी टाइम्सले उल्लेख गरेको छ। इलेक्ट्रिक स्कुटर ९९९ भारुमा बुक गर्न सकिन्छ। यसको डिलेभरी २०२३ को अप्रिलदेखि शुरु हुनेछ।

ओलाका सीईओ भाविश अग्रवालले ओलाको कार्यक्रममा फास्ट चार्जरबाट स्कुटर १५ मिनेटमा ५० प्रतिशत चार्ज हुने दाबी गरे। साथै एस वान एयर मोडलमा लक र अनलकका लागि एडभान्स फिचर पाउन सकिन्छ। यस्तै अपरेटिङ सिस्टम ३ (ओएस३)मा उपलब्ध छ। हाल ओला स्कुटर अपरेटिङ सिस्टम २ मा उपलब्ध छ।

१०१ किलोमिटर रेञ्ज

कम्पनीका अनुसार ओला एस वान एयर फुल चार्जमा १०१ किलोमिटरको रेञ्ज प्रदान गर्छ। यसको टप स्पीड ९० किलोमिटर प्रति घण्टा छ। यसले ० देखि ४० किलोमिटरको स्पीड ४.३ सेकेन्डमा प्राप्त गर्छ।

अग्रवालका अनुसार चालक स्कुटरको नजिक पुग्ने वित्तिकै स्वचालित रुपमा अनलक हुनेछ। यस्तै स्कुटरबाट टाढा जाने वित्तिकै लक हुनेछ। यसका साथै म्यूजिक सिस्टम पनि अपग्रेड गरिएको छ। स्कुटर एस वानमा रहेको ५ कलर विकल्पमा उपलब्ध हुनेछ।

प्रकाशित: ७ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...