
काठमाडौं ।
स्मार्टफोन तथा मोबाईल एसेसरिजको क्षेत्रमा विश्व बजारमा पछिल्लो समयमा प्रभुत्व जमाउँदै अगाडि बढ्न सफल चीनको बहुराष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा थप दुई मोडलका स्मार्टवाच तथा एक मोडलको इअरपोडको लन्च गरेको छ।
कर्नको लागि नेपाली आधिकारीक विक्रेता केमियो इन्टरनेशनल प्रा. लि. को मुख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी CORN WB04 र CORN WB03 स्मार्टवाचहरु सार्वजनिक गरिएको हो।
केमियो इन्टरनेशनले नेपाली बजारमा पछिल्ला दिनहरुमा हरेक साता नयाँ उत्पादन लन्च गर्न थालेको छ।
१.३ इन्चको टिएफटी मल्टिटच स्क्रिन युक्त कर्नका यी दुवै स्मार्टवाच आईपी ६८ वाटरप्रुफ सर्टिफाईड रहेका छन् भने कर्नले तीस दिनसम्मको उत्कृष्ठ ब्याट्रि ब्याकअप दिने बताएको छ ।
हालै सार्बजनिक गरिएका दुवै स्मार्टवाचमा कम्पनीले एक बर्षको वारेन्टी प्रदान गरेको छ भने काठमाडौं उपत्यका भित्रका ग्राहकलाई तीन दिनको सर्भिस ग्यारेन्टी गरेको छ। सर्भिस सेन्टरमा रिसिभ गरेको तीन दिनमा स्मार्टवाचमा देखिएको समस्या समाधान नभएको खण्डमा रिप्लेस्मेन्ट दिने नीति लिएको जानकारी दिएको छ। दुवै स्मार्टवाचको विक्री मूल्य ६ हजार नौ सय उनान्सय तोकेको छ भने कर्नले यी दुवै मोडल अनलाईन र रिटेल नेटवर्क दुवैमा उपलब्ध गराएको छ।
कर्नका यी स्मार्टवाचको साथमा इन्ट्रि लेभलको इअरबड्स समेतल बजारमा ल्याएको छ। खुद्रा बजार मूल्य २ हजार नौ सय उनान्सय तोकिएको यो इअरबड्स सेग्मेन्टकै उत्कृष्ट उत्पादन भएको दावी कम्पनीले गरेको छ ।
६ महिनाको वारेन्टी प्रदान गरिएको CORN EB030 मोडलको यो इअरवड्स डिजाईनमा एप्पलको इअरपडसँग तुलना योग्य रहेको छ भने आवाजको गुणस्तरमा समेत कुनै सम्झौता गरिएको छैन। चार घण्टाको प्लेब्याक ब्याकअप ब्याट्रि रहेको यो इअरवड्ले सस्तो मूल्यका उत्पादनको खोजी गर्ने नेपाली उपभोक्ताको आवश्यकता सहजै परिपूर्ती गर्ने विश्वास केमियो इन्टरनेशनलले लिएको छ।
उत्पादन लन्च कार्यक्रममा केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले नेपाली बजारमा प्रतिस्पर्धी मूल्यका गुणस्तरीय स्मार्टवाच तथा एक्सेसरीजको बिक्री वितरण गर्ने लक्ष्य लिएको बताए। अध्यक्ष साहले गुणस्तरीय उत्पादन र विक्री पश्चातको सेवामा कुनै सम्झौता नगरिने प्रतिबद्धता समेत दोहोर्याए।
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार