संगीतकार एड शीरनको रिलिज नभएको गीत चोरेर डार्कवेबमा बिक्री गर्ने ह्याकरलाई १८ महिना जेल

Technology Khabar ६ कार्तिक २०७९, आईतवार

काठमाडौं ।

संगीतकार एड शीरनका रिलिज नभएका दुई गीतहरु चोरेर डार्क वेबमा बिक्री गर्ने ह्याकरलाई १८ महिनाको जेल सजाय तोकिएको छ।

शीरनको संगीत र र्यापर लिज उजी भर्टका १२ गीत एड्रियन क्वातोविस्की क्रिप्टोकरेन्सीमा बिक्री गरेका थिए। इप्सविचका २३ वर्षीय युवाले कलाकारको डिजिटल एकाउन्ट ह्याक गर्न सफल भएको बीबीसीले उल्लेख गरेको छ।

क्वातोविस्कीले प्रतिलिपि अधिकार उल्लंघन र आपराधिक सम्पत्ति राख्ने सहित १९ आरोपहरु स्वीकार गरेका छन्।

सिटी अफ लन्डन प्रहरीका अनुसार उनले संगीतको बिक्रीबाट १ लाख ३१ हजार पाउण्ड कमाएका थिए।

प्रतिवादीको एप्पल म्याक ल्यापटप खोजी गर्दा ५६५ अडियो फाइलहरु भटिएको थियो। जसमा शीरन र भर्टका गीतहरु समावेश दिए।

यस अनुसन्धान शुरुमा सन् २०१९ मा अमेरिकी अधिकारीहरुले शुरु गरेका थिए।

संगीतकारहरुको व्यवस्थापनले न्यूयोर्क जिल्ला न्यायधिवक्तालाई स्पिरडार्क भनेर चिनिने अनलाइनले धेरै खाताहरु ह्याक गरेर सामग्री बिक्री गरेको भनेर रिपोर्ट गरेको थियो।

अनुसन्धानले स्पिरडार्कको क्रिप्टोकरेन्सी खाता सेटअप गर्न प्रयोग गरिएको इमेल ठेगाना क्वातोविस्कीको भएको पत्ता लगाएको थियो। युकेमा रहेको उनको घरको ठेगाना पनि एउटा डिभाइ ह्याक गर्न प्रयोग भएको आईपी ठेगानासँग मिलेको थियो।

त्यसपछि यो मुद्दा लन्डर प्रहरमा पठाइयो र सन् २०१९ सेप्टेम्बरमा क्वातोविस्कीलाई गिरफ्तार गरिएको थियो।

प्रहरीका अनुसार ८९ कलाकारका एक हजार २६३ रिलिज नभएका गीत रहेको हार्ड ड्राइभसहित ७ डिभाइस बरामद गरिएको छ।

प्रकाशित: ६ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया