टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात ३४ प्रतिशतले घट्यो

  • Technology Khabar | ६ कार्तिक २०७९, आईतवार
टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात ३४ प्रतिशतले घट्यो

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० मा नेपालमा टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात घटेको देखिएको छ।

चालु आवको पहिलो दुई महिनामा ८४ अर्ब १६ करोड ३० लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिन्छ।

गत आव २०७८/७९ को सोही अवधिमा १ खर्ब २७ अर्ब ५८ करोड ८० लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा ३४ प्रतिशतले टेलिकम्यूनिकेसन उपकरण र पार्टस्को आयात घटेको हो।

नेपालमा सबैभन्दा धेरै टेलिकम्यूनिकेसन उपकरण र पार्टस् चीनबाट आयात हुने गरेको छ। चीनबाट ६१ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात भएको छ।

भारतबाट १८ अर्ब ९८ करोड २० लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात भएको छ।

अन्य मुलुकबाट ३ अर्ब ६४ करोड ३० लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात भएको छ।

प्रकाशित: ६ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार