भदौमा वालेटबाट साढे १७ अर्बको कारोबार

  • Technology Khabar | ५ कार्तिक २०७९, शनिबार
भदौमा वालेटबाट साढे १७ अर्बको कारोबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को भदौमा भुक्तानी सेवा प्रदायक वालेटको प्रयोगबाट १७ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आव २०७९/८० दुई महिनाको तथ्यांकमा वालेटबाट १७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

भदौमा प्रयोगकर्ताहरुले १ करोड ६२ लाख ५ हजार ४८७ पटक वालेटबाट भुक्तानी गरेका छन्।

गत साउनको तुलनामा वालेटबाट हुने कारोबार रकम थोरैले वृद्धि भएको छ। साउनमा १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेपालमा वालेटबाट प्रतिकारोबार ५० हजार रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ गर्न सकिने व्यवस्था छ।

प्रकाशित: ५ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार