
काठमाडौं ।
नेपाल प्रहरीको अनलाईन सेवा शुक्रबार अवरुद्व भएको छ।
नियमित प्राविधिक मर्मत सम्भारका कारण नेपाल प्रहरीको वेबसाईट, अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली, नेपाल प्रहरी मोबाइल एप र ट्राफिक नियम उल्लंघन अभिलेख प्रणलीको प्रयोग अवरोध भएको हो।
नेपाल प्रहरीले अनलाइन सेवा लिने सर्वसाधारणदेखि सबैलाई पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ।
प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार