टेक क्षेत्रमा काम गर्ने ६७ प्रतिशत युरोपेली महिलाहरुले पुरुषको तुलनामा कम तलब पाएको महसुस गर्ने

  • Technology Khabar | ४ कार्तिक २०७९, शुक्रबार
टेक क्षेत्रमा काम गर्ने ६७ प्रतिशत युरोपेली महिलाहरुले पुरुषको तुलनामा कम तलब पाएको महसुस गर्ने

काठमाडौं ।

गत महिना अन्तर्राष्ट्रिय समान तलब दिवसमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओले)ले विश्वव्यापी रुपमा महिलाहरुलाई पुरुषको तुलनामा २० प्रतिशत कम तलब दिइने गरेको खुलास गरेको थियो।

यो तलब अन्तर अश्वेत महिला र हिस्पैनिक महिलाहरुमा अझ ठूलो छ। अश्वेत महिलाहरले गोरा पुरषहरुको भन्दा ६३ प्रतिशत कम तलब पाइरहेका छन् भने हिसपानिक वा ल्याटिना महिलाहरुले ५७.३ प्रतिशत कम तलब पाउँछन्।

विभिन्न सर्वेक्षणमा टेक्नोलोजी उद्योगमा यौनवाद स्पष्ट रुपमा प्रमाणित भएको छ। नयाँ सर्वेक्षणले महिलाहरुलाई कसरी व्यवहार गरिन्छ भन्ने बारेमा अर्को निराशाजनक झलक प्रदान गरेको टेकक्रन्चले उल्लेख गरेको छ।

सर्वेक्षण अनुसार पछिल्लो १२ महिनामा करिब ६७ महिलाले पुरुष समकक्षहरुको तुलनामा अनुचित भुक्तानी गरिएको महसुस गर्छन्। सन् २०१९ मा ४६.४ प्रतिशत उत्तरदाताहरुले आफूलाई उचित भुक्तानी भएको ठानेको थिए भने सन् २०२२ मा यो संख्या घटेर ३३.१ प्रतिशत झरेको छ।

र आधा (४९.५) ले कार्यस्थलमा यौनवादको अनुभव गरेका थिए। ६२ प्रतिशतभन्दा बढीले एक समय करियर र परिवारको बीचमा छनौट गर्न दबाब महसुस गर्ने गरेको बताएका छन्। र, ७० प्रतिशतले आफूलाई आफ्नो लिंगको कारणले अरुसामु प्रमाणित गर्न थप कडा परिश्रम गर्नुपर्ने महसुस गर्छन्।

९२ प्रतिशतले आफ्नो काम गर्न सक्ने क्षमतामा विश्वस्त महसुस गर्ने गरेका छन्। ७० प्रतिशतले आफ्नो लिंगको कारणले आफूलाई प्रमाणित गर्न कडा परिश्रम गर्न आवश्यक महसुस गरेका छन्। सन् २०१९ को सर्वेक्षणमा यस्तो बताउनेको संख्या ४४ प्रतिशत थियो।

५३ प्रतिशत भन्दा बढीले कार्यस्थलमा लैंगिक असमानता विरुद्ध लड्न पर्याप्त प्रयास गरिरहेको महसुस गर्छन्।

सन् २०१९ को सर्वेक्षणमा ४४ प्रतिशतले पुरुष समकक्षहरुको तुलना आफ्नो योग्यता प्रमाणित गर्न दबाब महसुस गरेका छन्।

टेक्नोलोजी उद्योगमा लैंगिक अनुपात उल्टो रुपमा बढेको देखिन्छ। सर्वेमा सहभागी २४ प्रतिशतले मात्र उद्योगमा लैंगिक अनुपात तीन वर्ष अघिको ४२ प्रतिशतको तुलनामा पछिल्लो १२ महिनामा बढी सन्तुलन भएको बताए।

यो सर्वेक्षण टेक समुदायका वेब समिट महिलालाई इमेल मार्फत सहभागी गराइएको थियो। यसमा ३४० जना सहभागी थिए। ७०.४ प्रतिशत २५ देखि ४४ उमेरका र ७८ प्रतिशत सहभागी युरोपका रहेका छन्।

 

प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार