
काठमाडौं ।
सामसङले ए सिरिज स्मार्टफोनको पार्टफोलियो विस्तार गर्ने भएको छ। कम्पनीले आगामी महिना ए सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए२४ सार्वजनिक गर्ने योजना बनाएको फाइनान्सियलएक्सप्रेसले उल्लेख गरेको छ।
यस वर्षको मार्चमा सार्वजनिक भएको सामसङ ग्यालेक्सी ए२३ को सफलता दोर्याउने कम्पनीको अपेक्षा छ।
स्मार्टफोन सार्वजनिक अघि भियतनामी प्रकाश पिक्सेलले ग्यालेक्सी ए२३ को केही फिचर बाहिर ल्याएको छ।
रिपोर्ट अनुसार ग्यालेक्सी ए२३ मा ४००० एमएएच ब्याट्री र करिब ४ वर्ष पुरानो एक्सनोज ७९०४ दिइनेछ। स्मार्टफोनमा फुल एचडी प्लस रिजोल्युसन र ९० हर्जा रिफ्रेस रेट भएको ६.४ इन्चको सुपर एएमओएलईडी डिस्प्ले हुने अपेक्षा गरिएको छ।
कम्पनीको तर्फबाट आधिकारिक रुपमा फोनको फिचर तथा सार्वजनिक मितिको सम्बन्धमा कुनै जानकारी उपलब्ध गराइएको छैन। चर्चा हुनु ग्यालेक्सी ए२३ यस वर्षको डिसेम्बरमा सार्वजनिक हुन सक्छ।
प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार