
काठमाडौं ।
जर्मन विलासी कार उत्पादक कम्पनी बीएमडब्लूको सब ब्रान्ड मिनिको विद्युतीय भर्सन हाल बेलायतबाट चीनमा सार्ने भएको हो।
अहिले सो कार बेलायतमा उत्पादन हुँदै आएको छ। बेलायतको अक्सफोर्डसाइनमा रहेको मिनिको विद्युतीय कार उत्पादन आगामी वर्षबाट बन्द हुने भएकाले सन् २०२४ बाट चीनमा उत्पादन हुने कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
बीएमडब्लूले हाल अक्सफोर्डसाइनको प्लान्टबाट वार्षिक ४० हजार मिनिको विद्युतीय कार उत्पादन गर्दै आएको छ।
पहिलो विद्युतीय मिनि २०१९ को जुलाईमा अक्सफोर्डसाइनमा भएको थियो। युरोपेली बजारमा विद्युतीय मिनिको लोकप्रियता उल्लेख्य रहेको छ।
सो प्लान्टबाट उत्पादित ती कार जापान, अमेरिकालगात विश्व बजारमा निर्यात हुनेछ।
यद्यपी बीएमडब्लूले ग्यास मिनिको उत्पादन २०३० सम्म बन्द नहुने र बेलायती प्लान्टमा रहेका कामदार कटौती समेत नहुने जनाएको छ।
प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार