एप्पलले आईफोन १४ प्लसको उत्पादन घटाउने, बजार माग घट्दै

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
एप्पलले आईफोन १४ प्लसको उत्पादन घटाउने, बजार माग घट्दै

काठमाडौं ।

स्मार्टफोन निर्माता एप्पलले आईफोन १४ प्लसको उत्पादन घटाउने निर्णय गरेको छ। यो स्मार्टफोन गत महिना लन्च गरिएको थियो। यो महँगो आईफोन १४ प्रो मोडलहरूको कम लागतको विकल्प हो। कम्पनीले लन्च गरेको आईफोन १४ सिरिजमा चारओटा मोडल रहेका छन्।

एप्पलले चीनमा कम्तिमा एक निर्मातालाई आईफोन प्लसमा प्रयोग हुने कम्पोनेन्टको उत्पादन रोक्न आग्रह गरेको कम्पनीको सप्लाई चेनसँग जोडिएका दुई व्यक्तिलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्टमा भनिएको छ।

डाटा रिसर्च फर्म क्यानालिसका अनुसार विश्वव्यापी स्मार्टफोन बजार संकुचन भइरहेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको तेस्रो त्रैमासमा ९ प्रतिशतले कमी आएको हो। क्यानालिसले आगामी ६ देखि ९ महिनामा स्मार्टफोनको माग कमजोर रहने अनुमान गरेको छ।

आईफोन १४ र आईफोन १४ प्रो एप्पलको नयाँ आईफोन श्रृंखलामा साना मोडेलहरू हुन्, जबकि आईफोन १४ प्लस र आईफोन १४ प्रो म्याक्स ठूला स्क्रिनहरू मन पराउनेहरूका लागि हुन्।

एप्पलले गत महिना भारतमा आफ्नो नयाँ आईफोन १४ सिरिजका केही मोडलको उत्पादन सुरु गर्ने घोषणा गरेको थियो। यसलाई चीनमा उत्पादन घटाउने कम्पनीको योजनाको हिस्साको रूपमा हेरिएको छ। अमेरिका र चीनबीच बढ्दो तनावका कारण धेरै अमेरिकी कम्पनीहरूले चीनमा व्यापार गर्ने रणनीति परिवर्तन गरिरहेका छन्।

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार