ह्वावे मेट ५० प्रोले मास्क, चश्मा र मेकअपका साथ फेस अनलक सपोर्ट गर्ने

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
ह्वावे मेट ५० प्रोले मास्क, चश्मा र मेकअपका साथ फेस अनलक सपोर्ट गर्ने

काठमाडौं ।

एप्पल बाहेक ह्वावे आफ्नो स्मार्टफोनमा सुरक्षित फेस प्रमाणीकरण उपलब्ध गराउने कम्पनी मध्ये एक रहेको छ। नयाँ ह्वावे मेट ५० प्रो र पोर्श डिजाइन ह्वावे मेट ५० आरएस स्पोर्टमा फराकिलो नच छ।

कोभिड-१९ प्रकोप निवारण हुन नसकेकाले विश्वका केही भागमा अझै पनि मास्क अनिवार्य छ। यस वर्षको शुरुवातमा एप्पलले ‘फेस आईडी विथ मास्क’ प्रस्तुत गरेको थियो। अमेरिकी कम्पनीलाई पछ्याउँदै चीनको ह्वावेले मेट ५० प्रो मोडलमा समान फिचर रोलआउट गरेको छ।

ह्वावेले चीनमा ह्वावे मेट ५० प्रो र पोर्श डिजाइन ह्वावे मेट ५० आरएसमा नयाँ सफ्टवेयर अपडेट ल्याउँदैछ। ओटीए सिस्टम अपडेटले हारमोनीओएस भर्सन ३.०.०.१५६ उपलब्ध हुनेछ।

आधिकारी चेजलगका अनुसार अपडेटले मास्क लगाउँदा फेस प्रमाणीकरण सपोर्ट गर्ने बताएको गिज्मोचाइनाले लेखेको छ। प्रयोगकर्ताहरुले फोन अनलक गर्नुका साथै भुक्तानी पनि गर्न सक्छन्।

यो फिचर एप्पल आईफो १२ र त्यसपछिका उत्पादनका जस्तै हो। मास्कमा फेस प्रमाणीकरण प्रक्रियाका लागि सिस्टमले प्रयोगकर्ताको आँखालाई पहिचानको रुपमा लिन्छ।

यदि प्रयोगकर्ताले चश्मा लगाएका छन् भने सटिक नतिजाका लागि चश्मा खोल्नु पर्ने हुन सक्छ। साथै प्रयोगकर्ताहरुले मेकअपका साथ फेस दर्ता गर्न सक्छन्। यो सुविधा आईफोनमा उपलब्ध छैन।

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...