सामसङ एआई फोरम २०२२ नोभेम्बर ८ मा शुरु हुने

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
सामसङ एआई फोरम २०२२ नोभेम्बर ८ मा शुरु हुने

काठमाडौं ।

सामसङ एआई फोरम २०२२ नोभेम्बर ८ देखि ९ सम्म दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुनेछ।

सियोलमा सामसङ एआई फोरमको छैटौं संकरण आयोजना हुँदैछ। यस फोरममा कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सको क्षत्रेमा आफ्नो अनुसन्धन र आविष्कारका साथै विश्वभरका विद्वान र विज्ञहरुसँग एआईको बारेमा ज्ञान आदान प्रदान गर्ने थलोको रुपमा प्रयोग गर्दै आइरहेको छ।

पछिल्लो तीन वर्षमा मानिसहरुको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको साममोबाइलले उल्लेख गरेको छ। यो कार्यक्रम सामसङको यूट्युब च्यानलमार्फत लाइभ स्ट्रिमिङ पनि गरिनेछ। कार्यक्रममा सहभागी हुन चाहने अक्टोबर १८ देखि कार्यक्रमको सामसङ एआई फोरम वेबसाइटबाट रजिस्टर गर्न सक्ने छन्। यो वर्षका लागि दुई थेम चयन गरिएको छ।

१. सेपिङ द फ्यूचर विथ एआई एण्ड सेमीकन्डक्टर, नोभेम्बर ८

२. स्केलिङ एआई फर द रियल वर्ल्ड, नोभेम्बर ९

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...