एप्पल आपूर्तिकर्ता फक्सकन टेस्लाको लागि ईभी बनाउन इच्छुक

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
एप्पल आपूर्तिकर्ता फक्सकन टेस्लाको लागि ईभी बनाउन इच्छुक

काठमाडौं ।

एप्पलको आपूर्तिकर्ता फक्सकनका अध्यक्ष लिउ यंग वेलले कम्पनीले विद्युतीय सवारी साधन उत्पादन गर्ने योजना बनाइरहेको बताएका छन्।

कम्पनीले भविष्यमा टेस्लाका लागि ईभी निर्माण गर्ने इच्छा जाहेर गरेको टेकक्रन्चले उल्लेख गरेको छ।

कम्पनीले ग्याजेट उत्पादनमा प्राप्त गरेको सफलतालाई अटोमेकरहरुका लागि ईभी उत्पादन गरेर आफ्नो क्षमतालाई अझै परिष्कृत गर्न चाहेको यंग वेले भनेका छन्।

उनले फक्सकनले एक दिन टेस्लाका लागि कार बनाउने आशा व्यक्त गरेका छन्।

अमेरिकी कम्पनीले पहिले नै लर्डस्टाउन मोटर्स र फिस्करबाट ईभी उत्पादन गरिरहेको छ।

टेस्लाले ताइवानको अटोमेकर युलोन समूहसँग मोडल सी निर्माण गर्नका लागि साझेदारी गरिसकेको छ। गत वर्ष फक्सकनले आफ्नो टेक डेमा एक इलेक्ट्रिक एसयूभी प्रस्तुत गरेको थियो।

कम्पनीले आफ्नो व्यवसायलाई विविधीकरण गर्न र अटोमोटिभ बजारमा स्थान बनाउनका लागि तेस्रो वार्षिक होन हाई टेक डेमा दुई ओटा विद्युतीय सवारीका कन्सेप्ट प्रस्तुत गरेको थियो।

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार