सामाजिक सञ्जालमा आउने भ्रामक समाचारले उम्मेद्वारलाई गाह्रो

  • Technology Khabar | २ कार्तिक २०७९, बुधबार
सामाजिक सञ्जालमा आउने भ्रामक समाचारले उम्मेद्वारलाई गाह्रो

काठमाडौं ।

आगामी मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा भ्रामक समाचारले आफूहरुलाई गाहे बनाएको उम्मेद्वारहरुले बताएका छन्।

समाजसेवा र व्यवसायबाट राजनीतिमा होमिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्तीदेवी पोखरेलले सामाजिक सञ्जालको भ्रामक समाचारले सामान्य मतदातालाई असर पार्ने भएकाले सर्तक रहनमा आग्रह गरेकी छन्।

काठमाडौं २ की स्थानीयवासी पोखरेलले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएकी हुन्। एउटा राजनीति पार्टीबाट उम्मेदवारी हुँदा सबैलाई सहज हुने भएकाले आफूले राप्रपा रोजेको र सबैलाई सामाजिक सञ्जालबाट जानकारी दिएपनि भ्रामक सूचनाले असर पार्ने भएकाले सबै सचेत हुनुपर्ने प्रेस विज्ञप्तिद्वारा जोड दिएकी छन्।

संघ र प्रदेश निर्वाचनमा काठमाडौं २ बाट प्रतिनिसभा सदस्यमा उम्मेदवारी दिएकी कुन्तीदेवी पोखरेल पनि समाजसेवा र व्यवसायबाट राजनीतिमा लागेकी व्यक्ति हुन्।

सामाजिक सञ्जालकै प्रयोगद्वारा स्वतन्त्र र समाजसेवाबाट काठमाडौंका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साङपाङ र धनगढी उपमहानगरपालिकाबाट गोपाल हमाल परेकाले पछिल्लो समय स्वतन्त्रबाट प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा उठेको संख्या धेरै छ।

यद्यपी यसअघि निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल भएकाले यसमा आयोग एक्लैको प्रयास सार्थक नहुने बताएको छ।

आयोगले फेसबुकको मातृसंस्था मेटाद्वारा मंगलबार आयोजित राष्ट्रिय निर्वाचन स्वच्छतासम्बन्धी सम्मेलनमा निर्वाचनका समयमा हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमनका लागि निर्वाचन आचारसंहितामा राखिएका प्रावधान, विभिन्न लोकतान्त्रिक देशहरूका असल अभ्यास र अध्ययन अनुसन्धानमा आधारित भएको स्पष्ट गरेका छन्।

त्यसैले पछिल्लो समय सामाजिक सञ्जालमा आएका सूचना र खबरभन्दा आधिकारितामा सर्वसाधारण मतदाताले ध्यान दिनुको विकल्प छैन।

प्रकाशित: २ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार