काठमाडौं ।
विश्वव्यापी लोकप्रिय आईफोन र आईप्याड जस्ता उपकरणहरू बनाउने अमेरिकी कम्पनी एप्पलले बहुविध मनोरञ्जन विकल्पहरूसहितको अर्को पुस्ताको फोरके टिभी डिभाइस लन्च गरेको छ।
एप्पल टिभी फोरकेमा ए१५ बायोनिक चिप छ, जुन कार्यसम्पादनको हिसाबले राम्रो मानिन्छ। यसमा डल्बी भिजनका लागि एचडीआर १० प्लस सपोर्ट थपिएको छ, जसले गर्दा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने चलचित्र र टिभी कार्यक्रमहरू राम्रो गुणस्तरका साथ हेर्न सक्छन्।
एप्पल टिभी फोरके दुई कन्फिगरेसनमा उपलब्ध हुनेछ। एप्पल टिभी फोरके (वाईफाई) मा ६४जीबी भण्डारण छ र एप्पल टिभी फोरके (वाईफाई + इथरनेट) ले द्रुत नेटवर्किङ र स्ट्रिमिङका लागि गीगाबिट इथरनेटलाई समर्थन गर्दछ। यो टिभीले स्मार्ट होम एक्सेसरीजको दायरासँग कनेक्ट गर्न सक्छ र एप र गेमहरूको लागि दोब्बर भण्डारण (१२८ जीबी) छ।
अमेरिकाका ग्राहकहरूले नोभेम्बर ४ देखि सिरी रिमोटको साथमा एप्पल टिभी ४के डलर १२९ को प्रारम्भिक मूल्यमा अर्डर गर्न सक्नेछन्। यी टिभीहरू एप्पलका उपकरणहरू र सेवाहरूसँग सजिलैसँग एकीकृत हुन्छन्।
एप्पल टिभी ४के प्रयोगकर्ताहरूका लागि ठूलो स्क्रिनमा आफ्नो मनपर्ने मनोरञ्जन लिने उत्तम माध्यम भएको कम्पनीले जनाएको छ। यसको सिपियू कार्यसम्पादन अघिल्लो पुस्ताको टिभी भन्दा ५० प्रतिशतसम्म छिटो छ। सिरी रिमोटको साथ, प्रयोगकर्ताहरूले टच सक्षम क्लिकप्याड पाउँछन्, जुन गति र नियन्त्रणको सन्दर्भमा राम्रो छ।
पुरस्कार विजेता श्रृंखला र चलचित्रहरू एप्पल टिभी एपमा पहुँच गर्न सकिन्छ। यसका साथै एक लाखभन्दा बढी चलचित्र तथा शृङ्खलाहरू किन्न वा भाडामा लिन सकिन्छ। लोकप्रिय स्ट्रिमिङ सेवाहरूको लागि प्रत्यक्ष प्रिमियम सदस्यताहरू पनि लिन सकिन्छ।
संगीत प्रेमीहरूले एप्पल म्युजिकको साथ यस टिभीमा १० करोड भन्दा बढी गीत र म्युजिक भिडियोहरू प्राप्त गर्नेछन्। एप्पलले चाँडै नै अन्तर्राष्ट्रिय बजारमा यो टिभी बिक्री सुरु गर्न सक्नेछ।
प्रकाशित: २ कार्तिक २०७९, बुधबार