
काठमाडौं ।
भारतमा स्टारलिंकको ब्रोडब्यान्ड इन्टरनेट सर्भिस उपलब्ध हुने भएको छ। इलन मस्कको कम्पनी स्पेसएक्सले ग्लोबल मोबाइल पर्सनल कम्युनिकेशन वाई स्याटेलाइट सर्भिस (जीएमपीसीएस) लागि भारतको दूरसञ्चार विभागमा लाइसेन्सका लागि आवेदन दिएको स्याटेलाइट सेवा इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।
यस अघि स्पेसएक्सले पहिले प्रयोगात्मक लाइसेन्सका लागि आवेदन दिएको थियो, तर पछि त्यसलाई फिर्ता लिएको थियो। ‘अहिले जीएमपीसीएस लाइसेन्सको लागि आवेदन दिएका छन्,’ दूरसञ्चार अधिकारीले भने।
भारती समूह समर्थित वनवेब र रिलायन्स जियोले पहिले नै जीएमपीसीएसको लाइसेन्सका लागि स्वीकृति प्राप्त गरिसकेका छन्। स्पेसएक्सले लाइसेन्सका लागि गत हप्ता आवेदन दिएको हो।
टाटा समूहको नेल्को र क्यानडाको टेलिस्याटले कन्सेप्ट अफ फ्रुफ (पीओसी) पुरा गरिसकेका छन्। तर उनीहरुले लाइसेन्सका लागि आवेदन दिएका छैनन्।
स्पेसएक्सले सन् २०२१ देखि भारतबाट प्रि अर्डर लिन शुरु गरेको थियो। नियामकले अनुमति लिन आदेश दिए पछि कम्पनीले प्रि–बुकिङ फिर्ता लिएको थियो। कम्पनीले इन कन्ट्री अर्थ स्टेशनहरु स्थापना गर्नु पर्नेका साथै भारतमा विश्वव्यापी स्याटेलाइट ब्यान्डविथ क्षमता स्थापना गर्नुपर्नेछ।
नियामकबाट स्टारलिंकले लाइसेन्स प्राप्त गरेपछि पनि भारतमा सेवा शुरु गर्नु अघि कम्पनीले धेरै आवश्यकतारु पूरा गर्नुपर्नेछ।
प्रकाशित: २ कार्तिक २०७९, बुधबार