
काठमाडौं ।
टर्की र कजाकिस्तानसँग उपग्रह र सबसिस्टम निर्माणका लागि सम्झौता भएको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र कागजिकस्तानका उद्योग र पूर्वाधार विकास मन्त्री श्रीकायरबेक उसेनबायेभबीच उपग्रह र सबसिस्टम निर्माणमा सम्झौता भएको डिफेन्स टर्कले जनाएको छ।
कजाकिस्तानले अन्तरिक्ष क्षेत्रमा सम्भावित सहकार्य गर्न पनि सम्झौता महत्वपूर्ण भएको जनाएको छ।
टर्कीले भने डिजिटल विकास, आविष्कार र अन्तरिक्ष–उडयन मन्त्री मुसिन बग्दातसँग अवलोकन, सञ्चार र सञ्चार, स्याटेलाइट र सबसिस्टम निर्माणका क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गरेको छ।
स्याटेलाइट र अन्तरिक्षको क्षेत्रमा दीर्घकालीन रणनीतिक सहयोगले निर्माण कार्यमा सहज हुने दुबैले दाबी गरेका छन्।
प्रकाशित: १ कार्तिक २०७९, मंगलवार