एक वर्षमा तारबाट इन्टरनेट चलाउनेको संख्या ५ लाख ७५ हजार थपियो, कसले मार्यो बाजी?

  • Technology Khabar | १ कार्तिक २०७९, मंगलवार
एक वर्षमा तारबाट इन्टरनेट चलाउनेको संख्या ५ लाख ७५ हजार थपियो, कसले मार्यो बाजी?

काठमाडौं ।

नेपालमा इन्टरनेट सेवा प्रदायकको माध्यमबाट इन्टरनेट चलाउनेको संख्या बढ्दो क्रममा रहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदन अनुसार २०७९ को असार महिनामा मात्र इन्टरनेट सेवा प्रदायकको माध्यमबाट इन्टरनेट चलाउने २२ लाख ३४ हजार ९२१ पुगेका छन्।

गत वर्ष २०७८ को असार मसान्तमा यस्ता ग्राहक १६ लाख ५९ हजार ३०६ थिए।

एक वर्षको अवधिमा इन्टरनेट सेवा प्रदायकबाट इन्टरनेट प्रयोग गर्ने ग्राहक ५ लाख ७५ हजार ६१५ जना थपिएका छन्।

गत असारमा सबैभन्दा धेरै वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट प्रयोग गर्ने ६ लाख ६० हजार २०२ रहेका छन्। जसमा फाइबरद्वारा नेट चलाउनेको संख्या गत असरमा ६ लाख ५९ हजार ६४६ जना रहेका छन् भने २९६ जनाले केबलद्वारा इन्टरनेट प्रयोग गरेका छन्।

गत असरमा सबैभन्दा कम सीटी नेटको इन्टरनेट प्रयोग गर्ने ४६ जना रहेका छन्। ती सबैले फाइबरद्वारा मात्रै इन्टरनेट प्रयोग गरेका छन्।

प्रयोगकर्ताका आधारमा दोश्रो स्थानमा सरकारी स्वामित्वको नेपाल टेलिकम रहेको छ। नेपाल टेलिकमको २ लाख ९२ हजार ३४३ ग्राहक सहित नेपाल दूरसञ्चार कम्पनी दोस्रो स्थानमा छ।

२०७८ को असारमा नेपाल टेलिकमको इन्टरनेट चलाउने ग्राहक २ लाख ९० हजार २३ थिए। एक वर्षको अवधिमा नेपाल दूरसञ्चार कम्पनीको ग्राहक संख्या २ हजार ३२० मात्र बढेको छ।

यसैगरी तेश्रो स्थामा सुविसु केबलनेट रहेको छ। केबलनेटको २ लाख ३६ हजार २७२ ग्राहक सहित तेस्रो स्थानमा छ। गत वर्षको असारमा सुविसु केबलनेटको ग्राहक २ लाख १० हजार ५१३ थिए। एक वर्षको अवधिमा सुविसु केबलनेटका ग्राहक २५ हजार ७५९ ले थपिएका छन्।

चौथो स्थानमा भायानेट प्रालि रहेको छ। भायानेटको २ लाख ३० हजार ६८८ ग्राहक हरेका छन्। गतवर्षको असारमा भायोनेट प्रयोगकर्ता १ लाख ५२ हजार १३१ थिए। एक वर्षको अवधिमा भायोनेटको ग्राहक ७८ हजार ५५७ ले बढेका छन्।

यसैगरी क्लासिक टेक प्रालि २ लाख ३० हजार ४७६ ग्राहक सहित पाँचौ स्थानमा छ। गत वर्ष क्लासिक टेकका ग्राहक १ लाख ५७ हजार ८८५ ग्राहक थिए। एक वर्षको अवधिमा क्लासिक टेकले आफ्नो ग्राहक ७२ हजार ५९१ ले बढाएको छ।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार