
काठमाडौं ।
भी सिरिजका स्मार्टफोनहरू – भी २५ फाइभजी र भी२५ई ले उत्कृष्ट स्टाइल र डिजाइनमा नेपाली बजारमा आएको छ।
भिभो भी २५ सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ।
यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजी ग्लास पनि प्रदान गर्दछ जुन फिंगरप्रिन्ट प्रतिरोधी छ र मिनिमलिस्टिक, परिष्कृत एवं स्टाइलिश लुकको साथ स्थिरता सुनिश्चित गर्दछ। कार्यक्षमताको सन्दर्भमा, यी सुविधाहरूले स्मार्टफोनलाई पकड्न र बोक्न सजिलो बनाउने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
नयाँ भी२५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ। भी२५ फाइभजी र भी २५ ई मा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडी फोटाहरू र भिडियोहरू खिच्ने कम्पनीको भनाइ छ।
भी२५ सिरिजमा बोकेह फ्लेयर पोट्र्रेट छ जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याकग्राउन्डमा प्रशोधन गरी शुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ। त्यस्तै भी२५ फाइभजी मा ५०एमपी अटोफोकश एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ।
भिभो भी२५ सिरिजमा ४४ वाट फ्ल्यास चार्ज छ जसले फोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न सक्षम बनाउँछ। त्यस्तै ४५०० एमएएच को विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई बिना कुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन पाइन्छ।
प्रकाशित: १ कार्तिक २०७९, मंगलवार