स्टार्टअपहरु र उत्पादन चिनाउन नेपालगन्ज नवउद्यमी हाटबजार हुँदै

  • Technology Khabar | १ कार्तिक २०७९, मंगलवार
स्टार्टअपहरु र उत्पादन चिनाउन नेपालगन्ज नवउद्यमी हाटबजार हुँदै

काठमाडौं ।

स्टार्टअपमा आधारित व्यवसायीहरुका लागि आफ्नो उत्पादन र सेवा चिनाउनुका साथै ग्राहकमाझ परिचय विस्तार गर्न बाँकेमा विशेष कार्यक्रम गरिने भएको छ।

नेपालमा स्टार्टअप इकोसिस्टम तथा उद्यमशीलता विकासमा काम गरिरहेको संस्था अन्तरप्रेरणाले आगामी शुक्रबार (कात्तिक ४ गते) नेपालगन्जमा नवउद्यमी हाटबजार आयोजना गर्ने भएको हो।

नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा आयोजना हुने कार्यक्रम दिउँसो १२ बजेदेखि ४ घन्टा सम्म संचालन हुनेछ।

यो हाटबजारमा बाँकेको नेपालगन्ज र कोहलपुरका १३ नवउद्यमीहरूको सहभागिता हुनेछ।

बिजनेस इन्क्युबेसन कार्यक्रम तीन महिनासम्म संचालन हुनेछ।

नेपालगन्ज उपमहानगरपालिका कार्यालय, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज, जर्मन एजेन्सी फर इन्टरनेसनल कोअपरेसन (जीआइजेड)को सहकार्यमा अन्तरप्रेरणाले सो कार्यक्रममा सञ्चालन गरिरहेको छ।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार