विज्ञापनका लागि अडियो तथा पोडकास्ट विस्तार गर्दै युट्युब

  • Technology Khabar | १ कार्तिक २०७९, मंगलवार
विज्ञापनका लागि अडियो तथा पोडकास्ट विस्तार गर्दै युट्युब

काठमाडौं ।

युट्युबले विज्ञापनदाताका लागि म्युजिक, पोडकास्ट स्रोता र दर्शकहरूमा पुग्नका लागि बजार तताएको छ।

विश्व बजारमा मूल्यवृद्वि र बिक्रि वितरणमा कमी भएका कारण विज्ञापन उद्योग पनि दुख्खमा उत्रेकोले युट्युबले विज्ञापनदाताका लागि म्युजिक, पोडकास्ट स्रोता र दर्शकहरूमा पुग्नका नयाँ बाटो लिएको रोयर्टसले जनाएको छ।

अब विभिन्न ब्राण्डका कम्पनीहरूले आफ्नो कारोबार बढाउन युट्युबको नयाँ शैली प्रयोग गरि विज्ञापन प्रदान गर्ने आशा गरिएको छ।

नयाँ प्रविधिले विज्ञापनदाताहरूलाई नयाँ ग्राहकहरूसम्म पुग्ने र उत्पादन बिक्रीलाई बढावा दिने मार्केटिङका प्रकारहरूमा लेजर–केन्द्रित बन्न प्रेरित गरेको गुगल र युट्युबका लागि ग्लोबल एडभर्टाइजर सोलुसन्सका उपाध्यक्ष डेबी वाइनस्टाइनलाई उद्वृत गर्दै रोयटसैले उल्लेख गरेको छ।

यस स्ट्रिमिङ भिडियो प्लेटफर्मले संगीत वा पोडकास्टहरू सुन्न युट्युब प्रयोग गर्ने मानिसहरू समक्ष आफ्नो ब्राण्डहरूलाई मार्केट गर्न सकिने अडियो विज्ञापन विश्वव्यापी रूपमा विस्तार गर्नेछ।

नयाँ विज्ञापन नीतिले प्रयोगकर्ताहरूले इन्टरनेट–जडित टीभी वा अन्य उपकरणहरूमा भिडियोहरू हेर्दा युट्युबमा सबैभन्दा लोकप्रिय सामग्रीहरूमा प्राइम पोजिसनिङ गर्न ब्राण्डलाई अनुमति दिनेछ।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार