काठमाडौं ।
सामसङले उद्योगकै सबैभन्दा छिटो एलपीडीडीआर५एक्स डीर्याम सार्वजनिक गरेको छ। उक्त चिपसेटको डाटा ट्रान्सफर स्पीड ८.५ जीबीपीएस सम्म रहेको छ।
कम्पनीको नयाँ नयाँ मेमोरी चिप १४ एनएम ईयूभी प्रयोग गरेर बनाइएको हो। यो मेमोरी चिप क्वालकम स्न्यापड्रागन मोबाइल प्लेटफर्महरुमा प्रयोगका लागि पहिने नै मँय भइसकेको साममोबाइलले उल्लेख गरेको छ।
डीर्याम चिप भविष्यका हाई एण्ड स्मार्टफोन र अल्ट्रा थिन ल्यापटपमा प्रयोग हुने आशा गर्न सकिन्छ।
यस वर्षको शुरुमा सामसङले ७.४ जीबीपीएसम्मको अधिकतम डाटा ट्रान्सफर स्पीड हासिल गरेको थियो। उक्त स्पीडलाई अहिलेको नयाँ चिपसेटले पछि पारेको छ। क्वालकम लगायत ब्राण्डसँगको सहकार्यमा दक्षिण कोरियाली फर्मले एलपीडीडीआर५एक्स डीर्यामको उपलब्धतालाई एक वर्षभन्दा कम समयमा बढाउन सफल भयो।
यी चिपहरु आगामी वर्षका हाई एण्ड स्मार्टफोन र ट्याब्लेटहरुमा स्न्यापड्रागन ८ जेन २ प्रोसेसरसँग प्रयोग गर्न सकिन्छ। हाई एण्ड स्मार्टफोन बाहेक एलपीडीडीआर५एक्स डीर्याम ल्यापटप, उच्च कार्यक्षमताका कम्प्युटिङ डिभाइस, अटोमोबाइलहरुमा पनि प्रयोग भइरहेको छ।
प्रकाशित: १ कार्तिक २०७९, मंगलवार