निर्वाचन सफल बनाउन सञ्चार सचिव डा. वैकुण्ठ अर्यालको निर्देशन

  • Technology Khabar | ३१ आश्विन २०७९, सोमबार
निर्वाचन सफल बनाउन सञ्चार सचिव डा. वैकुण्ठ अर्यालको निर्देशन
फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल बनाउने अभियानमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा सोमबार आयोजित छलफलमा उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सघाउन सरकारी सञ्चार माध्यम तथा यससँग सरोकार राख्ने निकायलाई आग्रह समेत गरे।

सञ्चारमाध्यमले निर्वाचनसम्बन्धी आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने र सर्वसाधारणलाई यसबारेमा सुचित गराउनुपर्ने सचिव अर्यालले जोड दिए।

छलफलमा नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा प्रशारण विभाग, राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाललगायत मन्त्रालय सम्बद्ध निकायका अधिकारीले निर्वाचनलाई मर्यादित बनाउने विषयमा आ–आफ्नो कार्यालयबाट भरपुर सहयोग हुने प्रतिबद्धता जनाए।

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार