एप्पलले आईफोन मोडेलहरूमा चिनियाँ कम्पनीको मेमोरी चिपको प्रयोग रोक्ने

  • Technology Khabar | ३१ आश्विन २०७९, सोमबार
एप्पलले आईफोन मोडेलहरूमा चिनियाँ कम्पनीको मेमोरी चिपको प्रयोग रोक्ने

काठमाडौं ।

वाशिंगटनले चिनियाँ प्रविधि कम्पनीहरू विरुद्ध कडा निर्यात नियन्त्रण लगाएपछि, एप्पलले आफ्ना उत्पादनहरूमा चीनको यांग्त्जे मेमोरी टेक्नोलोजी कम्पनी (वाईएमटीसी) को मेमोरी चिपहरू प्रयोग गर्ने योजनालाई रोकेको निकाई समचारपत्रले सोमबार रिपोर्ट गरेको छ।

एप्पलले यस वर्षको शुरुमा नै राज्यको लगानी भएको वाईएमटीसीको नान्ड फ्ल्यास मेमोरी चिपहरू प्रयोग गर्न सुरु गर्ने योजना बनाएको समाचारमा उल्लेख छ। शुरुमा ती चिपहरू चिनियाँ बजारमा बिक्री हुने आईफोन मोडलका लागि मात्र प्रयोग गर्ने योजना थियो।

अमेरिकी टेक दिग्गजले अन्ततः वाईएमटीसीबाट सबै आईफोन मोडेलहरूको लागि आवश्यक ४० प्रतिशत चिपहरू खरिद गर्ने विचार गरिरहेको थियो।

अमेरिकाले गत हप्ता चीनको शीर्ष मेमोरी चिप निर्माता वाईएमटीसी र ३० अन्य चिनियाँ संस्थाहरूलाई कम्पनीहरूको सूचीमा थप्यो जुन अमेरिकी अधिकारीहरूले निरीक्षण गर्न असमर्थ छन्।

कालोसूचीमा परेको चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेलाई चिप्स बेचेर वाशिंगटनको निर्यात नियन्त्रणको उल्लङ्घन गरेको हो वा होइन भनेर अमेरिकी वाणिज्य विभागले वाईएमटीसीलाई पनि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...