
काठमाडौं ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)का लागि ३ नेपाली टिम छनोट भएका छन्। पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फलबाट ३ नेपाली टिम पीएमजीसीका लागि छनोट भएका हुन्।
डीआरएस गेमिङ, स्काईलाइट गेमिङ र ट्रेन टु किल पीएमजीसीका लागि छनोट भएका हुन्।
डीआरएस गेमिङ पीएमपीएल साउथ एशिया च्याम्पियनशिप फलको दोस्रो, स्काईलाइट गेमिङ तेस्रो स्थान र ट्रेन टु किल पाँचौ स्थानमा रहँदै पीएमजीसीका लागि छनोट भएका हुन्।
साउथ एशिया क्षेत्रका लागि पीएमजीसीका लागि ६ ओटा स्लट छुटाइएको छ।
यस अघि पीएमजीसीका लागि मंगोलियाको गडलाइक स्टलवार्ट र आईएचसी ईस्पोर्टस् तथा पाकिस्तानको एगोनएक्सआई८ छनोट भएका थिए।
गडलाइक स्टलवार्ट र आईएचसी ईस्पोर्टस् पीएमपीएल साउथ एशिया फल स्प्लिट र एगोनएक्सआई पीएमपीएल पाकिस्तान फलको अंकका आधारमा छनोट भएका थिए।
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार