चीनको निर्यात केन्द्रले नयाँ हाई स्पीड विद्युतिय ट्रेन लाइन पाउने

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
चीनको निर्यात केन्द्रले नयाँ हाई स्पीड विद्युतिय ट्रेन लाइन पाउने

काठमाडौं ।

चीनले १२ हजार किलोमिटर हाई–स्पीड ट्रेन (वाईएचडी) लाईन कामको एक भागको रूपमा याङ्त्जे डेल्टामा नयाँ लाइन निर्माण सुरु गरिरहेको छ।

चालु वर्ष सन् २०२२ को सुरुमा, चीनले सन् २०२५को अन्त्यसम्ममा विद्युतिय ट्रेनका लागि अर्को १२ हजार किलोमिटर हाई–स्पीड ट्रेन लाइनहरू निर्माण गर्ने आफ्नो परियोजना घोषणा गरेको थियो।

यस योजनाको एक भागको रूपमा, यांग्त्जे डेल्टामा नयाँ लाइनको निर्माण सुरु हुँदैछ। स्वीकृत प्रमुख ५५ किलोमिटर लाइनले याङ्त्जेको मुखमा रहेका प्रमुख शहरहरूलाई सांघाई र जियाङ्सु र आन्हुइ प्रान्तका सहरहरूलाई १६ वटा स्टेशनहरूमार्फत जोड्नेछ।

रेलहरू ५५ किलोमिटर प्रति घण्टामा यात्रा गर्ने अटोमोटिभ न्यूजलाई उदृत गर्दैै रायह्याबरले जनाएको छ।

सम्पूर्ण परियोजनाको लागत १६ बिलियन युआन हुनेछ।
सन् २०२३ सम्म, नेटवर्क कुल ५० हजार किलोमिटर पुग्नेछ।

विश्वका पाँच सबैभन्दा विकसित देशहरूः स्पेन, जापान, फ्रान्स, जर्मनी र फिनल्याण्डको नेटवर्कको योग बराबर हुनेछ।

चीनको हालको रेल नेटवर्कको लम्बाइ ३८ हजार किलोमिटर छ।

यांग्त्जे डेल्टामा चीनको जनसंख्याको लगभग १६.७ प्रतिशत बसोबास छ।
तर देशको औद्योगिक उत्पादनको लगभग २४ प्रतिशतको स्रोत हो।

साथै, यस क्षेत्रले देशको कुल निर्यातको ३६.८ प्रतिशत ओगट्छ।

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार