सगरमाथाको आधार शिविरमा फोरजी विस्तार गरिने

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
सगरमाथाको आधार शिविरमा फोरजी विस्तार गरिने

काठमाडौं ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर क्षेत्रमा फोरजी विस्तारका लागि थामडाँडामा रिपिटर टावर निर्माण गरिने भएको छ।

सगरमाथा क्षेत्रको सञ्चार सेवालाई अब्बल बनाई आधार शिविरसम्म फोरजी सेवा पुर्याउन खुम्बु पासाङल्हामु गाउँपालिका–१, थामडाँडामा नेपाल टेलिकमले रिपिटर टावर निर्माण गर्न लागेको हो ।

यसका लागि टेलिकमका उपप्रबन्धक दिनेशचन्द्र पन्थीको नेतृत्वमा प्राविधिक टोली स्थलगत सर्भेमा खटिएका छन् । उक्त टोली थामडाँडा पुगी रिपिटर टावर निर्माण गर्ने स्थान र लिङ्कको विषयमा अध्ययन सुरु गर्ने जनाइएको छ।

हाल डाँडाखर्कस्थित रिपिटर टावरबाट लिङ्क भइरहेको टेलिकमको सेवा दुरी टाढा हुँदा भरपर्दो नभएकाले थामडाँडामा टावर निर्माण गरी पत्ताले–टाक्सिन्दु–थामडाँडामा लिङ्क गरिने उपप्रबन्धक दिनेशचन्द्र पन्थीले बताए ।

थामडाँडामा एक वर्षभित्रमा काम सुरु गरी छ महिनामा सम्पन्न गर्ने गरी १८ मिटर अग्लो टावर निर्माण गर्न लागिएको छ । त्यो टावर सगरमाथा आधारशिविर क्षेत्रमा विस्तार गरिने फोरजीको आधार हुने उपप्रबन्धक पन्थीको भनाइ छ।

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...