
काठमाडौं ।
छिमेकी देश भारतमा अब १०,००० भारुभन्दा बढी मूल्यका फोरजी स्मार्टफोन बिक्री हुने छैन। १० हजार वा सोभन्दा माथिका फोरजी स्मार्टफोनको उत्पादन क्रमशः बन्द गरिने स्मार्टफोन निर्माता कम्पनीका प्रतिनिधिले सरकारलाई आश्वासन दिएका छन्।
कम्पनीहरू अब भारतीय बजारमा ५जी प्रविधिमा परिवर्तन गर्न पूर्णरूपमा तयार छन्। मोबाइल निर्माता कम्पनीका प्रतिनिधि, दूरसञ्चार विभाग, दूरसञ्चार अपरेटर र सरकारी अधिकारीहरूबीच बैठक भएको थियो। यस बैठकमा फाइभजी कम्प्याटिबल स्मार्टफोनका लागि फाइभजी सफ्टवेयर अपडेट चाँडै जारी गर्ने विषयमा पनि छलफल भएको थियो ।
मिडिया रिपोर्टका अनुसार सरकारले मोबाइल अपरेटरहरू र स्मार्टफोन निर्माताहरूलाई आगामी तीन महिनामा फाइभजी स्मार्टफोनहरूको लागि फाइभजी सेवा सफ्टवेयर अपडेटहरू जारी गर्न भनिएको छ। यस बैठक पछि, एक अधिकारीले एएनआईलाई भनेअनुसार स्मार्टफोन निर्माताहरू क्रमशः १०,००० वा सोभन्दा माथिको ५जी फोनहरूतिर सर्दैछन्।
अधिकारीका अनुसार भारतमा हाल करिब ७५ करोड स्मार्टफोन प्रयोगकर्ताहरू छन्, जसमध्ये १० करोड प्रयोगकर्ताहरूले ५जी रेडी स्मार्टफोनहरू प्रयोग गरिरहेका छन्। यद्यपि, ३५ करोड प्रयोगकर्ताहरूसँग ३जी/४जी मिल्ने स्मार्टफोन मात्र छन्। १० हजार वा सोभन्दा माथिका थ्रीजी/फोरजी स्मार्टफोनको उत्पादन क्रमशः बन्द गर्ने योजना रहेको अधिकारीले बताए।
प्रकाशित: ३० आश्विन २०७९, आईतवार