हुन्डाई एयर ट्याक्सीको एभियोनिक्स आपूर्तिकर्ताको रुपमा हनीवेल छनोट

  • Technology Khabar | २९ आश्विन २०७९, शनिबार
हुन्डाई एयर ट्याक्सीको एभियोनिक्स आपूर्तिकर्ताको रुपमा हनीवेल छनोट

काठमाडौं ।

हुन्डाई मोटरले आफ्नो एयर ट्याक्सीको इलेक्ट्रिक भर्टिकल टेक अफ र ल्यान्डिङ (ईभीटोओएल) सिस्टम विकास गर्नका लागि विमानका लागि एभियोनिक्स प्रणाली विकास गर्ने एयरोस्पेस आपूर्तिकर्ता हनीवेल इन्टरनेशनल इन्क छनोट गरेको रोयटर्सले उल्लेख गरेको छ।

सहकार्य अन्तर्गत, हनीवेलले २०२८ मा व्यावसायिक सेवामा प्रवेश गर्ने एयर ट्याक्सीहरुमा एयरोस्पेस आपूतिकर्ताको ‘एन्थम’ उडान डेकको एकीकरणको अन्वेषण गर्न हुन्डाईको अमेरिकामा आधारित ईभीओटीओएल फर्म, सुपरनलसँग काम गर्नेछ।

विश्वभारका इलेक्ट्रिक एयर ट्याक्सी निर्माताहरुले शहरहरुको भीडभाड का गर्ने सफा विकल्पको रुपमा आफूलाई प्रस्तुत गरेका छन्। यसका लागि एयरलाइन हेवीवेट डेल्टा एयर लाइन्स इंक लगायत कम्पनीहरुको लगानी आकर्षित गरेका छन्। यद्यपि एयर ट्याक्सी व्यावसायिक सञ्चालनबाट धेरै टाढा छन्।

यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) अझै पनि यी भविष्यका विमानहरुका लागि सर्टिफिकेसन नियमहरु बनाउने प्रक्रियामा छ। यी ट्याक्सीहरुले अवतरण गर्दा हेलिकप्टरको रुपमा र उडान गर्दा हवाइजहाजको रुपमा काम गर्छन्।

सर्टिफिकेसन प्राप्त गर्ने र नयाँ ब्याट्री प्रविधिको आविष्कारमा लगानी प्राप्त गर्ने लगायतका चुनौतहरु पनि यथावत रहेका छन्।

अटोमेकरद्वारा स्थापित एयर ट्याक्सी फर्म सुपरनलसँगको हनीवेलको पहिलो सहकार्य हो। कम्पनी बोइङ, एयरबस एसई, लगायतको ठूलो आपूर्तिकर्ता हो।

प्रकाशित: २९ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार