
काठमाडौं ।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जिज्ञासा र प्रश्न सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ। आज शुक्ररबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टोल फ्री नम्बरको उद्घटान गरेका हुन्।
साथै निर्वाचनका सम्बन्धमा जानकारी दिनका लागि निर्वाचन ईबुलेटिन पनि उद्घान गरिएको छ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।
निर्वाचनमा मतदातालाई सहजिकरण गर्न तथा जानकारी प्रदान गर्न टोल फ्री नम्बर र ईबुलेटिन सञ्चालनमा ल्याइएको हो।
टोल फ्री नम्बरमा निर्वाचन सम्बन्धी प्रश्न र जिज्ञासा राख्न सकिन्छ। निवार्चन आयोगका अधिकारीहरुले प्रश्न तथा जिज्ञासालाई सम्बोधन गर्नेछन्।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार