मेसेजिङ प्लेटफर्म स्ल्याकको कार्यालय समयमा भिडियो कलमा प्रतिबन्ध

  • Technology Khabar | २८ आश्विन २०७९, शुक्रबार
मेसेजिङ प्लेटफर्म स्ल्याकको कार्यालय समयमा भिडियो कलमा प्रतिबन्ध

काठमाडौं ।

बेलायतको मेसेजिङ प्लेटफर्म स्ल्याकमा कार्यालय समयमा भिडियो कल गर्न नपाइने भएको छ।

स्ल्याकका मेसेजिङ प्लेटफर्म प्रमुख कार्यकारी स्टीवर्ट बटरफिल्डलाई उद्वत गर्दै बीबीसीले व्यवसायहरूले कार्यालयहरूमा कर्मचारीहरूले आफ्नो समय कसरी प्रयोग गर्ने भन्ने भएकाले पुनर्विचारका लागि भिडियो कलमा रोक लगाएको जनाएको हो।

हाइब्रिड कामको उदयसँगै अधिकांश मानिसहरूले घर र आफ्नो कार्यस्थलमा सोसल मिडियामा बढी समय दिँदा अध्ययन, अध्यापनसँगै कार्यालयको काम समेत असर पारेकाले कार्यालय समयमा भिडियो कलमा बन्देज लगाईएको हो।

अफिसमा हुनु भनेको घरमा गर्न नसकिने काम गर्ने अवसर भएकाले गफभन्दा काम महत्वपूर्ण भएको स्ल्याकले जनाएको छ।

स्ल्याकले कार्यालयकै लागि अत्यावश्यक काममा भने भिडियो कल गर्न पाइने छ।

प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...