
काठमाडौं ।
अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा भाग लिने प्रतिस्पर्धीहरूमा नेपाली टोलीको समेत सहभागिता रहेको छ।
यू–१८ समूह अन्तर्गत नेपाली विद्यार्थी टोलीले स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा सहभागी भएका छन।
१७ नोभेम्बरसम्म हुने प्रतियोगितामा सहभागि हुन रोबोटिक्स एसोसिएसनले विभिन्न समयमा गराउने विद्यालयस्तरको प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई समेटेर राष्ट्रिय टिम बनाएको जनाएको हो।
नेपालले यसपटकको रोबोटिक्स प्रतिस्पर्धामा कुनै न कुनै टाइटल लिएर आउने आशा गरिएको छ।
१८० वटा देशलाई पठाएको किटबाट आफ्नो कौशलले रोबोट बनाएर कार्बन क्याप्चर थिममा काम गरी बढीभन्दा बढी क्वेन्स कमाएर जित्ने खेल हो।
उनले नेपाली खेलाडीहरूको ८ जनाको टोली रहेको बताए ।
त्यस्तै टिम म्यानेजर रिया शाहीले नेपाली टिम अत्यन्त उत्साहित रहेको बताइन् ।
रोबोटिक्स एसोसिएसन अफ नेपालमार्फत यो प्रतिस्पर्धामा नेपाली विद्यार्थीहरू भाग लिएका हुन्।
कोरोनाका कारण सन् २०१९ देखि यन्त्र प्रतिस्पर्धा भएको छैन।
सन् २०२२ को प्रतिस्पर्धामा भौतिक उपस्थिति जनाउँदैछ।
सन् २०२० र २०२१ भर्चुअल माध्यमबाट सहभागिता जनाएको थियो। नेपाली टिम सन् २०१९ मा उत्कृष्ट ३२ भित्र र सन् २०१८ को प्रतिस्पर्धामा ९५ औं स्थानमा थियो।
प्रतियोगिताका लागि यसअघि ओलम्पिक्समा सहभागी हुने १ सय ८० मुलुकका प्रतियोगी सबैलाई एकै खालको रोबो किट उपलब्ध गराइएको थियो।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार