शनिबार नेपालमा सार्वजनिक हुँदै बीवाईडीको नयाँ इभी ‘एटो थ्री’

  • Technology Khabar | २८ आश्विन २०७९, शुक्रबार

काठमाडौं ।

बीवाईडी ‘एटो थ्री’ नेपाली बजारमा शनिबार सार्वजनिक हुने भएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले शनिबार एटो थ्री सार्वजनिक गर्नेछ।

कार्यक्रम मार्फत नै एटो थ्रीको मूल्य सार्वजनिक गरिने कम्पनीले जनाएको थियो। कम्पनीले गत साउन २६ गते एटो थ्री नेपालमा सार्वजनिक गर्ने योजना बनाएको थियो। तत्कालिन समयमा चीनमा बढ्दो कोभिड १९ संक्रमण फैलनबाट रोक्नका लागि लकडाउन गरिएको छ। समयमा गाडी आपूर्ति हुन नसक्दा कम्पनी आफ्नो योजनाबाट पछि हटेको थियो।

गत मंगलबार (असोज २५ गते) भारतमा एटो थ्री सार्वजनिक भइसकेको छ। भारतमा सार्वजनिक भए लगत्तै कम्पनीले पनि नेपालमा एटो थ्री सार्वजनिक गर्न लागेको हो।

आकर्षक डिजाइनमा उपलब्ध एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको लिथियम आयन फोसपेट ब्याट्री छ।

फुल चार्जमा ४२० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जिङको मद्दतबाट ३० देखि ८० प्रतिशत चार्ज हुन ३० मिनेट लाग्छ। एटो थ्रीको अधिकतम पावर २०४ पीएस र अधिकतम टर्क ३१० एनएम छ। यसले ७.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम छ।

थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डीआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन अलोय ह्विल, एलइडी टेल लाइट जडित छन्।

यसमा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टम उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्सोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, ७ एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडीएएस) फिचर छन्।

प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया