काठमाडौं ।
गत बिहीबार सार्वजनिक गरिएको गुगल पिक्सल ७ र पिक्सल ७ प्रो स्मार्टफोन दुवानी र बिक्रीका लागि खुल्ला भएको छ।
केही देशहरु र क्षेत्रमा पिक्सल ७ प्रोको ५१२ जीबी स्टोरेज भेरियन्ट र सबै कलर उपलब्ध नहुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
पिक्सल ७ ८ जीबी र्याम र पिक्सल ७ प्रो १२ जीबीमा उपलब्ध छ। दुवै भेरियन्ट १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ।
पिक्सल ७ १२८ जीबीको मूल्य ५९९ अमेरिकी डलर र २५६ जीबीको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ।
पिक्सल ७ प्रो १२८ जीबीको मूल्य ८९९ अमेरिकी डलर, २५६ जीबीको मूल्य ९९९ अमेरिकी डलर र १०९९ अमेरिकी डलर तोकिएको छ।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार