सामसङ र गुगलले थप अन्तरक्रियात्मक स्मार्ट होम डिभाइस तयार गर्ने

  • Technology Khabar | २८ आश्विन २०७९, शुक्रबार
सामसङ र गुगलले थप अन्तरक्रियात्मक स्मार्ट होम डिभाइस तयार गर्ने

काठमाडौं ।

सामसङले गुगलसँगको साझेदारी विस्तार गर्ने घोषणा गरेको छ। स्मार्ट घरहरुलाई थप अन्तरक्रियात्मक बनाउनका लागि दुई कम्पनीबीच पछिल्लो साझेदारी भएको गिजचाइनाले उल्लेख गरेको छ।

यस कार्यक्रमले सामसङ ग्यालेक्सी फोन र ट्याब्लेट प्रयोगकर्तालाई स्मार्टथिङ र गुगल होममा म्याटर कमप्याटिबल स्मार्ट होम डिभाइस प्रयोग गर्न दिनेछ। यसले प्रयोगकर्ताहरुलाई आफ्नो डिभाइस कसरी नियन्त्रण र खरिद गर्ने भन्ने बारेमा थप विकल्प प्रदान गर्नेछ।

सामसुङका अनुसार यदि प्रयोगकर्ताहरूले गुगल होम प्रयोग गर्दै आएका छन् र डिभाइसहरू जडान भएका छन्। र ,उनीहरूसँग स्मार्ट थिंग्समा जडान भएका डिभाइसहरू छन् भने, प्रयोगकर्ताहरूले अब आफ्ना सबै डिभाइस दुबै एपमा प्रयोग गर्न सक्छन्। यसको मतलब अब प्रयोगकर्ताहरुले तीमध्ये एउटा मात्र प्रयोग गरे पुग्छ।

प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार