
काठमाडौं ।
टिकटकको मुख्य कम्पनी बाइडान्सले म्यूजिक स्ट्रिमिङ सेवा शुरु गर्ने तयारी गरेको छ।
बाइडान्सले स्पोटिफाई टेक्नोलोजी एसए लगायत ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न विश्वव्यापी रुपमा आफ्नो म्यूजिक स्ट्रिमिङ सेवा विस्तार गर्न म्यूजिक लेबलहरुसँग वर्ता गरिरहेको वाल स्ट्रिट जर्नलमा बुधबार रिपोर्ट प्रकाशित भएको छ।
बाइडान्सले आफ्नो सर्ट भिडियो सेवा भित्र म्यूजिक स्ट्रिमिङलाई एकीकृत गर्ने योजना बताएको छ। र, यसलाई विश्वव्यापी रुपमा म्यूजिक वितरणको लागि एक प्रमुख प्लेटफमृको रुपमा सेवा प्रान गर्ने योजना बनाएको छलफलमा सहभागी व्यक्तिले भनेको वाल स्ट्रिट जर्नलले लेखेको छ।
बाइडान्सले हालेका महिनामा भारत, इन्डोनेसिया र ब्राजिलमा उपलब्ध रहेको आफ्नो रेसो म्यूजिक स्टिमिङ सेवा एक दर्जनभन्दा बढी देशमा शुरु गर्ने योजना बताएको छ।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार