काठमाडौं ।
युट्युबले इन्स्टाग्राम र ट्विटर प्लेटफर्ममा जस्तै यसका सिर्जनाकर्ताहरूका लागि चाँडै नै ‘ह्यान्डल'(@) लन्च गर्ने घोषणा गरेको छ।
युट्युबले यो ह्यान्डल एक अद्वितीय यूआरएल हुने बताएको छ जुन प्लेटफर्ममा क्रिएटरहरूलाई खोजी गर्नका लागि प्रयोग गर्न सकिन्छ। यो ह्यान्डल शर्टस, खोज परिणामहरू, च्यानल पेजहरू, टिप्पणीहरू, उल्लेखहरू आदिमा देखा पर्न थाल्नेछ।
शुरुमा युट्युबले १०० भन्दा बढी सिर्जनाकर्ताहरूलाई मात्र अनुकूलन यूआरएलहरूको अनुमति दियो। यद्यपि, पछिल्लो अपडेट अनुसार, अब सबै सिर्जनाकर्ताहरूसँग आफ्नै अद्वितीय ह्यान्डल (यूआ।एल) हुनेछ।
आउँदो केही महिनाहरूमा, युट्युबले यो प्रक्रिया रोल आउट गर्न खोजिरहेको छ जहाँ मानिसहरूले युट्युबमा ह्यान्डलहरू सिर्जना गर्न र तिनीहरूलाई टिप्पणी खण्ड र युट्युब शर्टसमा प्रयोग गर्न सक्षम हुनेछन्।
यो सुविधा प्रयोग गर्न, यो प्लेटफर्ममा प्रयोगकर्ताहरूको आफ्नै खाता हुनु आवश्यक छ।
ह्यान्डल सदस्यहरूको संख्यामा निर्भर हुँदैन
युट्युबकाअनुसार यो फिचर पूर्णतया सबै क्रिएटरहरूको लागि हुनेछ। यो युट्युब उपस्थिति, सदस्य संख्या र तिनीहरूको च्यानल सक्रिय छ वा छैन जस्ता कारकहरूमा निर्भर हुँदैन। यसमा सबै निर्माताहरूले नोभेम्बर १४ सम्म आफ्नो विशेष ह्यान्डल छनौट गर्ने मौका पाउनेछन्। कम्पनीले ह्यान्डल छनोट गरेकै आधारमा आधिकारिक प्रमाणिकरण ब्याज हटाउने छैन भन्ने पनि बताएको छ।
यद्यपि, यदि सिर्जनाकर्ताहरूले आफ्नो च्यानलको नाम परिवर्तन गर्छन् भने, उनीहरूले प्रमाणिकरण ब्याजको लागि पुन: आवेदन दिनुपर्नेछ।
भर्खरै रिपोर्ट गरिएको थियो कि युट्युबले प्रिमियम सुविधाको रूपमा फोरके गुणस्तर भिडियोहरू मात्र प्रस्ताव गर्नेछ। कम्पनीले यो सुविधा परीक्षण गरिरहेको छ।
प्रकाशित: २७ आश्विन २०७९, बिहीबार