अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ गुगल प्ले स्टोरमा उपलब्ध

  • Technology Khabar | २७ आश्विन २०७९, बिहीबार
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ गुगल प्ले स्टोरमा उपलब्ध

काठमाडौं ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। ट्रुथ सोसल गुगुल प्ले स्टोरमा उपलब्ध गराइएको गुगलले बुधबार बताएको सीएनएनले उल्लेख गरेको छ।

अब एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट ट्रुथ सोसल डाउनलोड गर्न सक्छन्।

गुगल प्लेमा ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ प्रतिबन्धित

यस अघि ट्रुथ सोसलले गुगल प्ले स्टोरको नीति उल्लघन गरेको आरोपमा प्रतिबन्ध लगाइएको थियो। ट्रुथ सोसलले शारीरिक धम्की र हिंसालाई उक्साउने जस्ता सामग्रीलाई निषेध गर्ने नीतिहरु उल्लघन गरेको थियो।

उक्साहट र हिंसाको धम्कीहरुलाई पर्याप्त रुपमा सम्बोधन गर्ने नीतिहरु लागू नगरेसम्म ट्रुथ सोसल प्ले स्टोरमा देख्न नसकिने गुगलले यस अघि बताएको छ। ट्रुथ सोसलले आफ्ना गतिविधिहरुमा सुधार गरेकाले पुन एप स्टोरमा उपलब्ध गराइएको गुगलको भनाइ छ।

प्रकाशित: २७ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ओप्पो प्याड एयर५ आधिकारिक रूपमा सार्वजनिक

  • Technology Khabar
  • २७ आश्विन २०७९, बिहीबार