
काठमाडौं ।
मेटाका सीईओ मार्क जुकरबर्गका फेसबुक फलोअर्स अचानक घटेका छन्। यससँगै अन्य धेरै प्रयोगकर्ताले आफ्ना फलोअर्स घटेको गुनासो गरेका छन्। मिडिया रिपोर्टहरुका अनुसार यो एक बगका कारण भएको हो।
यसअघि जुकरबर्गका ११ करोड ९० लाख फलोअर्स थिए तर बुधबार दिउँसो करिब १ः३० बजेसम्म फलोअर्स ९ हजार ९८९ मात्रै रहेका छन्।
जुकरबर्गको प्रोफाइल पेज पनि अब एपमा देखिँदैन। यसलाई खोल्दा, सन्देश देखा पर्दछ। यसमा लेखिएको छ, ‘यो पृष्ठ उपलब्ध छैन।’
प्राविधिक त्रुटिका कारण यस्तो भएको बताइएको छ। तर, उनको फलोअर्सको संख्या घटेको भने वेब पेजमा प्रष्ट देख्न सकिन्छ।
अहिलेसम्म फेसबुक र जुकरबर्गले यसबारे कुनै बयान जारी गरेका छैनन्।

यसअघि मंगलबार (अक्टोबर ११) मेटाले आफ्ना फेसबुक प्रयोगकर्ताहरूलाई डाटा चोरीको चेतावनी दिएको थियो। मेटाले रिपोर्ट गरेअनुसार एन्ड्रोइड र आईओएसमा धेरै एपहरूले उनीहरूको लगइन प्रमाणहरू चोरी गरेर दुरुपयोग गरेको छ। फेसबुकका करिब १० लाख प्रयोगकर्ताको लगइन प्रमाणपत्र चोरीको घटना बाहिर आएको छ।
अधिकांश तस्बिर सम्पादकहरू, खेलहरू, भीपीएन सेवाहरू, व्यापार र उपयोगिता एपहरूमा यस्ता त्रुटिहरू देखिएका छन्।
प्रकाशित: २६ आश्विन २०७९, बुधबार