गुगलले ल्याउँदैछ पहिलो फोल्ड गर्न मिल्ने फोन, जान्नुहोस् कस्ता फिचर्स उपलब्ध हुनेछन

  • Technology Khabar | २६ आश्विन २०७९, बुधबार
गुगलले ल्याउँदैछ पहिलो फोल्ड गर्न मिल्ने फोन, जान्नुहोस् कस्ता फिचर्स उपलब्ध हुनेछन

काठमाडौं ।

गुगलले एक कार्यक्रममा गुगल पिक्सेल ७ सिरिज लन्च गरेको छ र यसको साथमा गुगलले गुगल पिक्सेल वाच र नेक्स्ट जेनेरेशन टेन्सर जी२ चिप पनि लन्च गरेको छ। यस कार्यक्रममा गुगलको पहिलो ट्याब्लेटको बारेमा पनि जानकारी दिइएको छ जुन २०२३ मा लन्च हुने अपेक्षा गरिएको छ।

सोही कार्यक्रममा गुगलले आफ्नो पहिलो फोल्डेबल फोनको बारेमा पनि छलफल गरेको छ तर गुगलले आधिकारिकरुपमा कुनै घोषणा गरेको छैन । तर हामी तपाईलाई बताउछौं कि डिस्प्ले सप्लाई चेन सहायक विश्लेषक रोस यंगले पिक्सेल फोल्डेबलको लन्चको बारेमा केहि जानकारी साझा गरेका छन्।

गुगल पिक्सेल फोल्डेबल लन्चको जानकारी

रोस यंगकाअनुसार पिक्सेल फोल्डेबल सन् २०२३ को पहिलो त्रैमासिकमा ल्याइनेछ। गुगलको फोल्डेबल फोनको आधिकारिक मार्केटिङ नाम पिक्सेल फोल्डेबल हो, तर गत वर्षको सुरुमा एउटा रिपोर्टमा यसलाई पिक्सेल नोटप्याड नाम दिइएको थियो।

केही रिपोर्टका अनुसार गुगलको आगामी फोल्डेबल फोनको मूल्य सामसङको फोल्डेबल फोनभन्दा कम हुनसक्छ। तर यसको स्पेसिफिकेशन्सको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन।

गुगल पिक्सेल फोल्डेबल फोनको सम्भावित विवरणहरू

रिपोर्टका अनुसार यो फोन लुकमा ओपो फाइन्ड एन फोल्डेबल फोन जस्तै हुन सक्छ। बाहिरी तर्फ, यसमा ६४ मेगापिक्सेल सोनी आइएमएक्स७८७ मुख्य सेन्सरका साथै १२ मेगापिक्सेल अल्ट्रा वाइड एंगल सेन्सर र १०.८ मेगापिक्सेलको टेलिफोटो लेन्स हुन सक्छ। साथै, सेल्फी र भिडियो कलिङका लागि १०.८ मेगापिक्सेलको क्यामरा हुन सक्छ।

फोनको भित्री भागमा ८ मेगापिक्सेलको सोनी आइएमएक्स३५५ क्यामरा हुने अपेक्षा गरिएको छ। भण्डारणको बारेमा कुरा गर्दा, यस फोनमा १२ जीबीसम्म र्याम र ५१२ जीबीसम्म बिल्ट-इन स्टोरेज पाउन सकिन्छ।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...